३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा पनि चिनियाँ मोडल अपनाइन्ने : आपूर्तिमन्त्री भट्ट



काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा पनि चिनियाँ मोडल अपनाइन्ने बताउनुभएको छ ।

चिनियाँ सरकारसँग उसले अपनाएको उपाय अंगीकार गर्न चिनियाँ चिकित्सकबाट प्रशिक्षण माग गरेको उहाले बताउनुभयो । ‘हिजोसम्म एउटा होमवर्क थियो त्यो भन्दा अब चिनियाँ मोडलमा जाने, उनीहरुको सुझावरसल्लाहलाई अंगीकार गर्ने’, त्यसका लागि चीनसँग चिकित्सकको टिमबाट प्रशिक्षण माग गर्ने भन्ने भएको छ’ मन्त्री भट्टले भन्नुभयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट चीनमा ३ हजार २ सय जनाको मृत्यु भएको थियो ।

अहिले चीनमा यो रोगको संक्रमण करिब नियन्त्रणमा आएको छ । युरोपतिर महामारीकै रुप लिइरहेका बेला चीनमा कोरोना भइरस नियन्त्रणउन्मुख हुँदै गएपछि सरकार चिनियाँ मोडलमै सर्तकता अपनाउने निश्कर्षमा पुगेको मन्त्री भट्टले बताउनुभयो । चिनियाँ अनुभव र विधि सिक्न भिडियो कन्फरेन्समार्फत चिनियाँ चिकित्सक र नेपाली चिकित्सकको भिडियो कन्फरेन्स गराइने मन्त्री भट्टले बताउनुभयो ।

‘यहाँबाट उता ९चीन० लैजाँदा खर्चिलो र समय लाग्ने भएकाले उनीहरुको अनुभव, विधिबारे भिडियो कन्फरेन्समार्फत नेपालका डेडिकेटेड अस्पतालका डाक्टरलाई सुझाव दिइनेछ’ आइतबार संघीय संसद राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा मन्त्री भट्टले बताउनुभयो।

मन्त्री भट्टका अनुसार कोरोनाबाट बच्न जुनसुकै देश वा संस्थाले उपलब्ध गराउने सहयोग नेपालले स्वीकार गर्नेछ । ‘चीनले र भारतले वा जुन सुकै देश वा संस्थाले जे उपलब्ध गराउँछ त्यो लिने भन्या छौं’ उहाले भन्नुभयो ।

मन्त्री भट्टले चीनले झैं नेपालमा पनि कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा नेपाली सेनालाई संलग्न गराउने तयारी भएको बताउनुभयो । ‘नेपाली सेनाले आफ्नो तर्फबाट पुरै तयारी गरेको छ ।

उनीहरुले एक हप्ताभित्र सम्भावित सबै कुराको तयारी गरिसक्ने भनेका छन्’ ‘सशस्त्र प्रहरीको हस्पिटललाई डेडिकेटेडका रुपमा निर्णय भइसकेको छ ।’ मन्त्री भट्टले भन्नुभयो । आन्तरिक रुपमा उत्पादन गर्ने र चीनलगायतका देशबाट औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी भएको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ४७ बजे

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु