२८ असार २०८३, आइतबार | July 12, 2026

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार



नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी हवल्दारलाई अतिक्रमण गरेर बसिरहेकी एक महिलाले धारिलो हतियार प्रहार गरेकी छन् । बाँकेको बैजनाथ गाँउपालिकाको इश्वरी माध्यामिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउन पुगेको टोलीका प्रहरी हवल्दार सुनिल चौधरीमाथि अतिक्रमण गरेर बसिरहेकी साबित्रीकुमारी शाहीले धारिलो हतियारले प्रहार गरेकी हुन् ।

हतियार प्रहारबाट हवल्दार चौधरी सामान्य घाइते भएको बाँके प्रहरी प्रवक्ता नायव प्रहरी उपरीक्षक प्रतितसिंह राठौरले बताए । ‘एकजना हवल्दारमाथि धारिलो हतियार प्रहार भएको रहेछ, घाउचोट छैन सामान्य निलडाम मात्र बसेको छ, सामान्य अवस्था छ,’ उनले भने, ‘धारिलो हतियार प्रहार गर्ने महिलालाई पक्राउ गरेका छौं ।’

लामो समयदेखि विद्यालयको जग्गामा बसोबास गरिरहेकाहरुलाई जग्गा खाली गर्न विद्यालयको तर्फबाट पूर्व सूचना दिँदा पनि खालि नगरेपछि आज प्रहरीको सहयोगमा अतिक्रमण हटाउन थालिएको थियो ।

पक्राउ परेकी शाहीले भने आफुमाथि आक्रमण गर्न आएपछि प्रतिआक्रमण गरेको बताएकी छन् । उनले घरभित्रै पसेर आफुमाथि आक्रमण गरिएपछि प्रतिआक्रमण गरेको बताइन् । गासबास नै उठाउन आएपछि भएको प्रतिरोधलाई स्वाभाविक भन्दै आफुले आत्मरक्षाकालागि आक्रमण गरेको बताइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ३ : २३ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास