७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा



काठमाडौं । कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

साथै उनीसँग कतारबाट काठमाडौंसम्म यात्रा गरेकाहरुको खोजी सुरु भएको छ । त्यो दिन कतार एयरवेजको तीन वटा विमान काठमाडौंमा अवतरण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यागमन विभागसँग तीन वटै विमानमा रहेका यात्रुको विवरण मागेको थियो । मन्त्रालय उच्च स्रोतका अनुसार संक्रमित युवती ‘क्यूआर ६५२’ विमानबाट आएको पाइएको छ ।

मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ र, उनीहरुसँग सम्पर्क गरेर स्वास्थ्य परीक्षण र निगरानी गर्न भनेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म उनीहरुमध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ । उनीहरुलाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ । अरुसँग सम्पर्क स्थापित हुन बाँकी छ ।

अरु विमानका यात्रु नआत्तिनुस्

संक्रमित युवती कतार एयरवेजबाट आएको थाहा पाएपछि चैत ४ गते एयरवेजको विमानबाट नेपाल आएका धेरै आत्तिए । कतिपय स्वास्थ्य संस्था पनि पुगेका छन् ।

तर कोरोना संक्रमण देखिएकी युवती कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट आएको प्रष्ट भएपछि अरु दुई विमानबाट आएका यात्रुहरुलाई राहत भएको छ । अब उनीहरु संक्रमण फैलिएको देशबाट आएका अरु जस्तै १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने र स्वास्थ्य समस्या भए अस्पतालमा जाने गर्नुपर्छ ।

साथै ‘क्यूआर ६५२’मा सवार यात्रुहरु पनि आत्तिन जरुरी छैन, किनकी उनीहरुमा कोरोना संक्रमण भयो भन्ने होइन । तर अरुभन्दा सतर्क भने हुन जरुरी छ ।

संक्रमण देखिएकी युवतीसँग फ्रन्ट फेसमा भेटिएका कारण त्यो विमानमा सवारहरुले तत्काल आफूलाई अरुबाट अलग गरेर क्वारेन्टाइनमा बस्ने र परीक्षणका लागि अस्पतालमा जानु उपयुक्त हुन्छ ।

प्रहरीले पनि सम्पर्क स्थापित भएकाहरुलाई स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ३१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११