७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : पश्चिम, पूर्व र मध्य पहाडी क्षेत्रमा हावाहुरीसहित बर्षा, हिमाली क्षेत्रमा आंशिक हिमपातको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलि रहने महाशाखाले जनाएको छ। पश्चिमी भू–भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पश्चिमी र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ।

देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ४९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई