१८ चैत्र २०७९, शनिबार | April 1, 2023

आजको मौसम : पश्चिम, पूर्व र मध्य पहाडी क्षेत्रमा हावाहुरीसहित बर्षा, हिमाली क्षेत्रमा आंशिक हिमपातको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलि रहने महाशाखाले जनाएको छ। पश्चिमी भू–भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पश्चिमी र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ।

देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ४९ बजे

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको