८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोना अपडेट : २४ घण्टाको अवधिमा ७२ हजार ५ सय ६१ नयाँ संक्रमित, ४२ हजारबढीको मृत्यु



काठमाडौ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म विश्वभरमा ४२ हजार १ सय १७ जनाले ज्यान गुमाएका छन् भने ८ लाख ५७ हजार भन्दाबढि संक्रमित बनेका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

बितेको २४ घण्टाको अवधिमा ७२ हजार ५ सय ६१ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ ।

उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा बितेको २४ घण्टामा थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ७ सय ५० पुगेको छ । ३ हजार ८ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

चीनमा बितेको २४ घण्टामा नयाँ संक्रमित फेला परेको छैन भने मृत्यु पनि भएको छैन् । अहिलेसम्म चीनमा ८१ हजार ५ सय १८ संक्रमित छन् । ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ५८ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ