१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना बिरुद्ध नागरिकदेखि जनप्रतिनिधिसम्म एकजुट भएको बाकेको खजुरा गाउँपालिका



खजुरा । कोरोना संक्रमण बिरुद्ध बाँकेको खजुरा गाउँपालिकामा जनतादेखि जनप्रतिनिधिसम्मको तालमेल मिलेको छ ।

सबैजना एकजुट भएका कारण गाउँपालिकामा आइसोलेशन अस्पताल, क्वारेन्टाइनदेखि लकडाउन कार्यान्वयनसम्मको काम प्रभावकारी तरिकाले भइरहेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति बताउनुहुन्छ ।

यद्यपी संकटको बेला सबै काम पूर्णरुपमा गर्न सकियो भन्ने पक्षमा उहा हुनुहुन्न । वडा नं १ का वडा अध्यक्ष सुमन मल्लले बिपद्का बेला नै जनप्रतिनिधिको बास्तविक परीक्षा हुने बताउनुहुन्छ । जनतालाई समस्या पर्दा जनप्रतिनिधि नै अगाडी बढ्नुपर्ने उहाले बताउनुभयो ।

वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार कोरोना संक्रमण बिरुद्ध खजूरामा भइरहेका तयारीहरु उदाहरणीय रहेको बताउनुभयो । सबैको तालमेलले काम अगाडी बढिरहेको उहाको भनाई छ । खजुरा गाँउपालिकाले स्थापना गरेको क्वारेन्टाइन मैटहवा मावि राधापुर सैनिकमा राखिएकाहरु घर फर्कन थालेका छन ।

क्वारेन्टाइनमा आफ्नो बसाइ सकिएपछि क्वारेन्टाइनमा बसेको प्रमाणपत्र सहित घर फिर्ता हुन सुरु भैसकेको गाउँपालिकाले जनाएको छ । बुधवार १० जना घर पठाईएको छ गाउँपालिकाका अध्यक्ष कक्षपतिले बताउनुभयो ।

क्वारेन्टाइनमा खजुरा वडा नं.१ का १ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर ३ का १ जना र वडा नम्बर ६ का ३ जनालाई घर फिर्ता पठाइएको छ। अब खजुरा गाउँपालिका मैटहवा मावि क्वारेन्टाइनमा ३९ र वडा नम्बर ४ ले स्थापना गरेको क्वारेन्टाइनमा १५ जना छन ।

क्वारेन्टाइनमा बस्नका लागी भारतबाट आएकाहरुलाई पुन थप गर्न पनि लागीएको खजुरा गाउँपालिकाका राजनितिक सल्लाहकार भिम ओलीले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यपालिकाको तेस्रो आकस्मिक बैठकले राहत सम्बन्धि मापदण्ड पारित गरेको छ । गृह मन्त्रालयको चैत्र १६ गतेको बैठकले निर्देशन गरे बमोजिम मापदण्ड तयार गरि पारित गरेको हो । राहत वितरणका लागी वडा कार्यलयले अभिलेख संकलन गर्ने, जनप्रतिनिधिको तयार गरिएको उक्त अभिलेखका आधारमा चुलो नबल्ने अवस्थामा रहेकाहरुका लागी राहत वितरण गरिने छ ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख कक्षपतिले कुनै आग्रह पुर्वाग्रह नराखी हातमुख जोड्न नसक्ने अवस्थामा रहेका श्रमिक तथा अति विपन्न असाहयहरुका लागी राहत वितरण गर्न आग्रह गर्नुभयो ।

गाउँपालिकाले एकद्धार प्रणाली अन्तरर्गत राहत वितरण गर्ने बताउदै प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल वितरण गरिने बताउनुभयो ।

बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यले राहत वितरणलाई व्यवस्थित गर्ने विषयमा सुझाव दिएका थिए । राहत वितरण सम्बन्धी मापदण्ड अन्तरगत कोविड १९ संक्रमण रोकथामका लागी प्राप्त हुने सहयोग स्विकार गर्ने समेत बैठकले निर्णय गरेको छ ।

गाउँपालिकालाई प्राप्त हुने राहत एकद्धार प्रणालि मार्फत स्विकार गर्ने गरि बैठकले पारित गरेको खजुरा गाउँपालिकाका सुचना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष कक्षपतिले बिपदमा जनताको सहयोग बिना कुनै काम गर्न नसकिने बताउँदै खजुरामा जनताको सहयोग प्राप्त भएको बताउनुभयो । यद्यपी केही समस्या उब्जिए त्यसको समाधान पनि मिलेरै गर्ने उहाको भनाई छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ५ : २२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग