१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवलको राहत कोषमा मनकारीहरु बढ्दै, दुई दिनमै झण्डै आठ लाख रकम जम्मा



बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारको लगत संकलन गर्दै पहिलो चरणको राहत प्याकेज वितरण गरेको छ ।

लकडाउन सुरु भएपछि दैनिक ज्यालादारीमा जान नपाएका बुटवलका १९ वटा वडाहरुबाट हालै ६५ सय श्रमिकका घरपरिवारको लगत संकलन गरिएको थियो । तिनै परिवारलाई पहिलो चरणको राहत प्याकेज वितरण गरिएको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले एक परिवारका लागि तत्कालका लागि १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर तेल राहात स्वरुप वितरण गरिरहेको र सो काममा विभिन्न निजी क्षेत्र र सहयोगीहरुलेसमेत सहकार्य गरेको प्रमुख सुवेदीले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाको राहत कोषमा रकम जम्मा गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । बुटवलले राहत कोषमा जम्मा गर्न सक्ने भन्दै सार्वजनिक अपिल जारी गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले रकम जम्मा गर्नुभएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

बुटवलको उक्त राहत कोषमा यसअघि नै ५० लाख रुपैयाँ रहेको छ । राष्ट्रिय बाणिज्य बैंक बुटवल खस्यौली शाखामा रहेको उपमहानगरको राहत कोषको खातामा मनकारीहरुले रकम जम्मा गर्नुभएको हो ।

बुटवल व्याडमिन्टन क्लबले दुई लाख रुपैयाँ, न्यू होराइजनले एक लाख ५० हजार रुपैयाँ, पश्चिम नेपाल बस व्यवसायी प्रालिले ५१ हजार रुपैयाँ, लाली चाउचाउ तथा करेन्ट मसला उद्योगले ५५ हजार र शिवनगर सामुदायिक वन ५० हजार, रुपैयाँ बुटवलको राहत कोषमा जम्मा गरेका छन् ।
यसैगरि आरती बहुउद्देश्य सहकारी संस्था बुटवल ११ बाट ५० हजार, सिद्धार्थ हार्डवेयरले ३१ हजार, सिद्धार्थ महावीर हार्डवेयर ३१ हजार रुपैयाँ, भैरव ग्रूपले २५ हजार, सुनचाँदी व्यवसायी संघले २५ हजार, जीबी टेक्सटायल २० हजार, धनबहादुर खत्री बुटवल १५बाट रु २५ हजार, बुटवल वडा न.७ निवासी होमराज बस्यालले रु १० हजार तथा अन्नपूर्ण सहकारी संस्था बुटवल ७ बाट रु १० हजार र चिन्तामणी पाण्डेले १५ हजार रकम जम्मा गर्नुभएको छ ।

यसैगरि बुटवलको राहत कोषमा विकासजंग बस्नेत पाँच हजार पाँच सय ५५, साबित्री खड्का दुई हजार रुपैयाँ नगद प्रदान गरेको बुटवल वडा न.७ निवासी बालाराम भट्टराईले पाँच हजार रुपैयाँ राहत कोषमा जम्मा गर्नुभएको छ ।

टोलटोलमा बढ्दैछन् सहयोगी मनकारीहरु

स्वर्गीय दिलिप तिवारी स्मृति प्रतिष्ठान बुटवल ७ बाट एक सय दुई घरपरिवारलाई मापदण्ड बमोजिमको खाद्यान्न । वडा न.१० निवासी खड्कबहादुर महतबाट ५० किलो चामल, १० किलो आटा, ५ किलो दाल, ५ लिटर तेल र ५ किलो नुन । वडा न. १० निवासी धर्मराज पौडेंल बाट ३० किलो चामल, ५ किलो दाल र ५० किलो नुन प्रदान गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी वडा न.१० निवासी भक्तबहादुर काउचाले प“ाच हजार रुपैयाँ बराबरको खाद्यान्न, चन्द्रकला बुढाथोकी वडा न.१० बाट चामल ६० किलो, आटा १० किलो, दाल ५ किलो, आलु १० किलो, तेल १० लिटर र नुन १० किलो प्रदान गर्नुभएको छ ।

बुटवल–१० का यमनारायण भुर्तेलले चामल दुई सय १० किलो, र नुन १४ किलो, गिता पाठक बुटवल १० बाट २१ किलो दाल र १४ लिटर तेल, सोही वडाका गिता थापा, राजेश थापा र वसन्कुमार पुन बाट १५ किलो आलु, बमबहादुर थापाले पाँच हजार बराबरको खाद्यान्न यमलाल पुन, चन्द्र पुनले पाँच÷पाँच हजार रुपैयाँ बराबरको खाद्यान्न उपलव्ध गराएको वडा अध्यक्ष पदम थापाले बताउनुभयो ।

यसैगरी बुटवल १० बलबहादुर गोदारबाट ४० किलो चामल, ४ किलो आटा, ६ किलो दाल, २० पिस चाउचाउ, २ लिटर तेल र २ किलो नुन, महेश पन्थी बुटवल १५ बाट २ क्विन्टल चामल, राजेन्द्रमान सिमनगौडा बुटवल १५ बाट ५० किलो चामल र १५ किलो सोयाविन, रोटरी क्लब अफ बुटवलबाट १०० घरपरिवारलाई मापदण्ड बमोजिमको खाद्यान्न वितरण गरेका छन् ।

बुटवल टाइर्गस राउण्ड टेबल-२७ बाट एक सय दुई घरपरिवारलाई मापदण्ड बमोजिमको खाद्यान्न, रोयल गुप्र अफ बुटवलबाट ५ क्विन्टल चामल, ३० किलो दाल, २० लिटर तेल र २० किलो सोयाबिन, हिमचुली पार्टी प्यालेस तामनगर १२ का प्रोपाइटर कृण्ण पौडंल र भुपेन्द् पौडेल बाट वडा न. १५ मा ५२ परिवार र वडा न.१६ मा ४९ परिवारका लागि खाद्यान्न तथा वडा न.१६ मा २,४०० थान मास्क वितरण गरिएको छ ।
बुटवल वडा न.५ निवासी रुची मलेगो र तिमीला मलेगोबाट वडा न. १ मा रहेका ८० घरपरिवारलाई मापदण्ड बमोजिमको खाद्यान्न वितरण गरेको वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिनुभयो ।

यसैगरी कानून व्यवसायी संघका अध्यक्ष कमल मलेगोबाट बुटवल १५ मा रु ५४ हजार बराबरको चामल, दाल, तेल र नुन तथा बुटवल १६ मा रु ५४,४३५ बराबरको खाद्यान्न उपलव्ध भएको अध्यक्ष लिगलले बताउनुभयो । यस्तै युनाइटेड बोर्डिङ स्कुलले वडा नम्वर १८ का एक सय २३ परिवारका लागि मापदण्ड बमोजिमको खाद्यान्न र वडा न.१६ निवासी तरुणदलका अध्यक्ष लेखनाथ चालिसेबाट छ सय थान हातधुने साबुन उपलव्ध गराएको छ ।

नगरकार्यपालिकावाट स्वीकृत कार्यविधि बमोजिम वडा कार्यालयवाट राहत सहयोग संकलन तथा मापदण्ड बमोजिम वितरण गर्ने व्यवस्था भए बमोजिम वडामा सिधै सहयोग प्राप्त भैसकेको तर नगरपालिकामा रिपोर्ट प्राप्त भैनसकेको विवरणहरु वडावाट विवरण प्राप्त भएपछि सार्वजनिक गरिने उपमहानगरका प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ४४ बजे

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै