२९ बैशाख २०८२, सोमबार | May 12, 2025

रोटरी सेन्ट्रलको ३ लाख बराबरको खाद्य सामग्री, तिनाउले ६० हजार नगद हस्तान्तरण



बुटवल । रोटरी क्लव अफ सेन्ट्रल बुटवलले लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यान्न बितरण गरेको छ ।

बिश्वब्यापी कोरोनाको संक्रमणको महामारी र त्यसको त्रासका कारण नेपाल सरकारले आब्हान गरेको लकडाउनका कारण सांझ बिहान छाक टार्न मुस्किल परेको परिवारमा राहत दिने उदेश्यले शनिबार खाद्यान्न सामग्री बितरण गरेको हो । क्लवका अध्यक्ष राजेन्द्र कार्कीले बुटवल उपमहानगरपालिका वडा नं २ मा कार्यक्रम गरि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको छ ।

क्लवले ४० क्विन्टल चामल, पाच सय ४० किलो दाल, दुई सय ७० लिटर तोरीको तेल तथा २ सय ७० किलो नुन गरी २ लाख ९६ हजार ३ सय बीस रुपैया बरावरको खाद्यान्न हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । कार्कीले २ सय ६७ घरधुरीलाई पुग्ने गरी १५ किलो चामल २ किलो दाल १ लिटर तेल र १ किलो नुनको ब्याग तयार गरी हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ तिनाउ बुटवलले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । प्रदेश ५ सरकारले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि स्थापना गरेको कोषमा क्लबले ६० हजार रुपैया सहयोग गरेको हो ।

क्लबका सदस्यहरुबाट संकलन गरिएको उक्त रकमको चेक क्लबका अध्यक्ष भगवती पाण्डे र सचिव अमृता भुसालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेका छन । मुख्यमन्त्री पोखरेलले व्यवसायीक तथा सामाजिक संघसंस्था समाज र सरकारलाई जोड्ने अभिन्न अंग रहेकोले विपद्को समयमा सरकार र समाजलाई सहयोग गर्नु कर्तव्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ४५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

बुद्धजयन्ती कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुगे लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री