७ आश्विन २०८३, बुधबार | September 23, 2026

रोटरी सेन्ट्रलको ३ लाख बराबरको खाद्य सामग्री, तिनाउले ६० हजार नगद हस्तान्तरण



बुटवल । रोटरी क्लव अफ सेन्ट्रल बुटवलले लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यान्न बितरण गरेको छ ।

बिश्वब्यापी कोरोनाको संक्रमणको महामारी र त्यसको त्रासका कारण नेपाल सरकारले आब्हान गरेको लकडाउनका कारण सांझ बिहान छाक टार्न मुस्किल परेको परिवारमा राहत दिने उदेश्यले शनिबार खाद्यान्न सामग्री बितरण गरेको हो । क्लवका अध्यक्ष राजेन्द्र कार्कीले बुटवल उपमहानगरपालिका वडा नं २ मा कार्यक्रम गरि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको छ ।

क्लवले ४० क्विन्टल चामल, पाच सय ४० किलो दाल, दुई सय ७० लिटर तोरीको तेल तथा २ सय ७० किलो नुन गरी २ लाख ९६ हजार ३ सय बीस रुपैया बरावरको खाद्यान्न हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । कार्कीले २ सय ६७ घरधुरीलाई पुग्ने गरी १५ किलो चामल २ किलो दाल १ लिटर तेल र १ किलो नुनको ब्याग तयार गरी हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ तिनाउ बुटवलले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । प्रदेश ५ सरकारले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि स्थापना गरेको कोषमा क्लबले ६० हजार रुपैया सहयोग गरेको हो ।

क्लबका सदस्यहरुबाट संकलन गरिएको उक्त रकमको चेक क्लबका अध्यक्ष भगवती पाण्डे र सचिव अमृता भुसालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेका छन । मुख्यमन्त्री पोखरेलले व्यवसायीक तथा सामाजिक संघसंस्था समाज र सरकारलाई जोड्ने अभिन्न अंग रहेकोले विपद्को समयमा सरकार र समाजलाई सहयोग गर्नु कर्तव्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ४५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११