२४ माघ २०८२, शनिबार | February 8, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ७४,६५० पुग्यो, १३ लाख ४४ हजार ९ सय सक्रमित



काठमाडौ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या १३ लाख ४४ हजार ९ सय पुगेको छ ।

संक्रमित मध्य २ लाख ७८ हजार ३ सय ३२ जना उपचार पछि निको भएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९ पुगेको छ । एकै दिन २८ हजार नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या तीन लाख ६६ हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको भइसकेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुको दावी छ ।

अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य हो । न्युयोर्कमा अहिलेसम्म समग्र संक्रमितको संख्या एक लाख ३० हजार नाघिसकेको छ । न्युयोर्कमा अहिलेसम्म ४ हजार ७ सय बढी मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ४८ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको