२४ मंसिर २०८२, बुधबार | December 10, 2025

भारतमा कोरोना संक्रमण : एकै दिन २८ जनाको मृत्यु, ७०४ संक्रमित



काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमित दिनदिनै बढ्दै गएको छ । गएको २४ घण्टामा २८ जनाको मृत्यु भएको छ भने ७०४ जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ ।

त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।

महाराष्ट्रमा सोमबार एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ भने संक्रमितको संख्या आठ सय ६८ पुगेको छ । त्यस्तै राजधानी दिल्लीमा संक्रमितको संख्या पाँच सय २५ र मृतक संख्या सात पुगेको छ ।

मध्य प्रदेशमा सोमबार ६३ वटा नयाँ संक्रमण भेटिएको छ । त्यहाँको भोपाल जिल्लामा मात्र ४३ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या दुई सय ५६ पुगेको छ ।

सोमबार तेलंगाना राज्यमा ३० जनामा नयाँ संक्रमण भेटिएको छ । यहाँ संक्रमितको संख्या तीन सय आठ र मृतक संख्या ११ पुगेको छ ।

आन्ध्र प्रदेशमा सोमबार ३७ नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या तीन सय तीन पुगेको छ । केरलामा सोमबार १३ संक्रमित थपिएपछि संक्रमितको कुल संख्या तीन सय २७ पुगेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : १६ बजे

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि