२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

भारतमा कोरोना संक्रमण : एकै दिन २८ जनाको मृत्यु, ७०४ संक्रमित



काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमित दिनदिनै बढ्दै गएको छ । गएको २४ घण्टामा २८ जनाको मृत्यु भएको छ भने ७०४ जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ ।

त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।

महाराष्ट्रमा सोमबार एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ भने संक्रमितको संख्या आठ सय ६८ पुगेको छ । त्यस्तै राजधानी दिल्लीमा संक्रमितको संख्या पाँच सय २५ र मृतक संख्या सात पुगेको छ ।

मध्य प्रदेशमा सोमबार ६३ वटा नयाँ संक्रमण भेटिएको छ । त्यहाँको भोपाल जिल्लामा मात्र ४३ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या दुई सय ५६ पुगेको छ ।

सोमबार तेलंगाना राज्यमा ३० जनामा नयाँ संक्रमण भेटिएको छ । यहाँ संक्रमितको संख्या तीन सय आठ र मृतक संख्या ११ पुगेको छ ।

आन्ध्र प्रदेशमा सोमबार ३७ नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या तीन सय तीन पुगेको छ । केरलामा सोमबार १३ संक्रमित थपिएपछि संक्रमितको कुल संख्या तीन सय २७ पुगेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : १६ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले