२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोरोना भाइरसको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण , देशभर १ सय ३४ जना आइसोलेशनमा



काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को आशंकामा बुधवारसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ ।

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका बाहिर ४ सय एक जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।

नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षण गरेकामध्ये ९ जनामा कोरोनाको पुष्टि भएको र ती मध्ये एक जना उपचार पछि निको भइसकेका जनाएको छ । ८ जनाको अहिले उपचार भइरहेको छ । अहिले १ सय ३४ जना आइसोलेशनमा उपचाररत रहेका स्वास्थ्य मन्त्तालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै देशभरका क्वरेन्टीनमा अहिले ८ हजार ५ सय ८० जना जना रहेका पनि प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।

यस्तै कार्यविधि बनाएर देशभरका सबै ठाउँमा कोरोना रोकथामका लागि काम भइरहेको जानकारी उहाँले जानकारी गराउनुभयो । कोभिड १९ को रोकथामका लागि आवश्यक तयारी, पूर्व रोकथाकमा लागि अपनाउनुपर्ने उपाय, कोरोना सङ्क्रमितको उपचार तथा उनीहरुको निधन भएमा कसरी दाहसंस्कार गर्ने भन्ने बारे कार्यविधि बनाएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको असपतालमा बिरामीलाई राख्ने तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाको बढी जोखिम रहेका कैलाली, कञ्चनपुर र बाग्लुङबाट १९८ जनाको नमुना संकलन गरिएको छ ।

उनीहरुको स्वाब र र्यापिड किटमार्फत नमुना संकलन गरी परीक्षणका लागि काठमाडौ ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, लकडाउनमा पनि केही ठाउँमा भिडभाड र मेला भइरहेको गुनासो आएकाले संकटको यो बेला भिडभाड नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्बन्धित पालिकाहरुलाई भिडभाड नगर्न र नगराउन कडाईका साथ अनुगमन गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल