७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीनमा फेरि रफ्तार लियो कोरोना भाइरसले : ६३ नयाँ संक्रमित, दुई जनाको मृत्यु !



एजेन्सी । चीनमा कोरोना भाइरसका बिरामी फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घन्टामा ६३ जनामा नयाँ संक्रमण देखिएको छ ।

चीनले बुधबार झण्डै दुई महिनापछि लकडाउन हटाएको थियो । पछिल्लो १५/२० दिनमा चीनमा धेरै एसिम्टोम्याटिक संक्रमण फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर चिनियाँ सरकारले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार बुधबार चीनमा ६३ जनामा नयाँ संक्रमण देखिएको थियो । चीनको स्वास्थ्य विभागले बुधबार ६३ जनामध्ये ६१ विदेशबाट आएका व्यक्तिमा देखिएको जनाएको छ । दुई जना स्थानीयमै देखिएको छ । चीन सरकारले विशेष सतर्कताकासाथमा वुहानमा बुधबार लकडाउन हटाएको थियो ।

नयाँ संक्रमण धेरै देखिएको दिनमा थप दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३५ पुगेको छ । चीनमा अहिलेसम्म संक्रमितको संख्या ८१ हजार पुगेको थियो । अब दोस्रो फेजको कोरोना संक्रमित चीनमा १ हजार १ सय ४ जना रहेका छन् ।

चीनले तीन महिनाको समय लगाएर कोरोना नियन्त्रणमा लिएको थियो । वुहानमा ७३ दिनसम्म लकडाउन गरिएको थियो । पछिल्ला दुईहप्तामा चीनमा नयाँ केस पनि आइरहेका छन् । चिनियाँ स्वास्थ्य विभागले विदेशबाट आउने व्यक्तिमा पछिल्लो समय संक्रमण देखिएको जनाएको छ ।

चीनको वुहानबाटै कोरोना भाइरसको संक्रमण संसारभर फैलिएको थियो । संसारका १५ लाख भन्दा धेरै व्यक्ति यसबाट प्रभावित भएका छन् भने अहिलेसम्म ८८ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १२ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११