२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

लायन्सहरुद्धारा औषधि हस्तान्तरण



बुटवल । पश्चिम नेपालकै पुरानो लायन्स क्लब बुटवल, लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा औषधी वितरण शुक्रबार एक कार्यक्रमको बिच बुटवल कोरोना बिशेष-अस्थाई अस्पताल मा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

क्लवहरुले बुटवलको आइसोलेसन विशेष अस्थायी अस्पतालको आई सि यू कक्षलाई चाहिने अत्यावश्यक औषधी सामाग्री सहयोग गरेको हो ।

लायन्स इन्टरनेशनल डिष्ट्कि ३२५ बि २ नेपाल का डिष्ट्कि कोचिफ एडभाइजर एमजेएफ अर्जुनमान सैँजु जोनचेयर पर्सन लायन्स क्लव तथा लायन्स बुटवलका पूर्व अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, लायन्स बुटवलका सचिव सरदमान श्रेष्ठ, लायनेस क्लब अध्यक्ष पुजन श्रेष्ठ, लायनेश बुटवल सचिव मीना श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ र लियो अध्यक्ष अविनास श्रेष्ठ लगायतको टोलीले बुटवल प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईलाई सो औषधी सामाग्री हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको महामारीको यस विषम परिस्थितीमा “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्येश्यका साथ यहाँ सन्चालीत आई सि यू सेवालाई प्रभावकारी बनाउन र आइसोलेसनमा रहेका बिरामीलाई सहज होस भनेर रु ५३ हजार बराबरको सो औषधी सामाग्री सहयोग गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठले बताउनुभयो ।

लायन्स बुटवलले आखाँ अस्पताल बाट अति बिपन्न गरिको निशुल्क अपरेशन, महीला पाठेघर निशुल्क औषधि उपचार, गरिब तथा जेहेदार निशुल्क शिक्षा,चेल्डेन्न पार्क, प्रत्तिक्षालय,जस्तै १ दर्जन समाजिक सेवा गर्दै आयको छ ।

सहयोग गरिएको सो औषधी सामाग्रीमा एक्स सि आई, एडनोसिश, काविटोलोल लगायत रहेको उहाँको भनाई छ । बुटवलको धागो कारखानामा रहेको आइसोलेसन विशेष अस्थायी अस्पतालमा अहिले १ जनाले मात्र आइ सि यू सेवा लिईरहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ०६ बजे

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई