१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

परदेशी आमाको छोरालाई चिठ्ठी



प्यारो छोरा समर्पित, मिठो चुम्बन…..

तिम्रो भबिस्य उज्जवल बनाउने हेतुका साथ कठोर समय सँगमुकबिला गर्दै गर्दै यहाँ सम्म आइपुगे तर यो समय अझै बढी कठोर बनिरहेको छ । मलाई याद छ तिमी गर्भमा आए देखीका खुशीहरु, दुखहरु सबै सबै कुराहरु,

जिबन आफुले सोचेजस्तो कहाँ हुदोरहेछ र भन्थे तिमीलाइ कहिले छोडने छैन जति दुखहरु आइपरे पनि पिठयुमा बोकेर सामना गर्ने छु तर सकिन मलाई माफ गर, मलाई रहर नभएको कहाँ होर, “तिमी सँग तारा बाजी लै लै गर्न, ओकल दुक्कल गर्न, तिम्रा कलिला हातहरु समाएर ताते ताते गराउन, आमा भनन बा भनन भनेर सिकाउन, भजन मा ताली पिटेर नाच्न सिकाउन, गोलो गोलो अन्दा पुलिसको डन्डा लेखाउन“ तर बाध्यताले यि सबै सबै रहरहरु थाती राखेर तिमी उठेपछी तिमी र म दुबैलाई गाह्रो हुनेछ भनेर काख म लुट्पिटिएको तिमीलाई आफुबाट अलि टाढा राखी झिसमिसे मै साइत सारेकी थिए ।

त्यो गएको रात रोएरै बितेको थियोे तिमी अबोध थियौ कता कता आफुलाई नै पापी भन्न मन लाग्थ्यो, अन्तत घर छोडे, तिमीलाई छोडे ! आसुले बाटो छेकेको थियो मुटु सय किलोको ढुङा जस्तै भएको थियो, तिमीलाइ केहि नहोस म बिना नै बाच्न सक्ने शक्ति भगवानले दिउन भन्ने प्राथना गर्दै लागे परदेश, भैरहवाबाट बिहान दश बजेको उडान थियो काठमाडौंको लागी जाडो महिना मौसम खराबका कारण धेरै बेर रोकिनु परेको थियो ।

लग्थ्यो म तिमी वरिपरी नै छु, दिउसोको दुइ बज्यो चिल गाडी आयो उडान निस्चित भयो दाजु आडैमा बसेर सम्झाइ रहनु भएको थियो तर मलाई कुनै कुराको पनि प्रबाह नै थिएन बस तिमी बहेक, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट राती दश बजेको उडान थियो । मौसम खराब कै कारण त्यो पनि केहि समयका लागी रोकिएको थियो ।

जसरी नि छुट्टिनु नै छ दाजुलाई बिदा गरेर एकलै डाको छोडेर रुन्छु जस्तो लाग्थ्यो मुहार कालो पार्दै दाजु वरिपरी घुमिरहनु हुन्थ्यो त्यतिकैमा बेलुकीको सात बज्यो बिमानस्थल भित्र छिर्ने आदेश आयो मैले मुटुभरि पिडा र आखा भरि आसु बोकेर दाजुलाई बिदाइको हात हल्लाए र भने “भान्जा को राम्रो ख्याल राख्नु” मलाई त्यती बेला संसार नै अध्यारो लाग्यो आकाश झरे जस्तो धर्ती भासिएको जस्तो प्रकृती आफै मा टुक्रा टुक्रा भए जस्तो, मनमा ज्वालामुखी जस्तो के बलेको हो ? मुटु मा भुइचालो गए जस्तो के भड्केको हो ? आशु समुन्द्र जस्तो के बगेको हो ? हैन एकाएक किन यस्तो भएको हो ? म आफुलाई सम्हाल्नै सकिन, मैले त्यती नै बेला मेरी आमालाई पनि धेरै सम्झिए सायद मेरी आमालाई पनि आज म छुटेको दिन यस्तै भएको हुनुपर्छ ।

आमा घरिघरि रुदा झर्किने, कराउने मेरो बानी म आफै आमा बने पछी थाहा पाए खास आमा भनेको के हो भनेर, जनतन आफुलाई उभ्याइरहे सकि नसकी मान्छेहरु रमिते बनेर हेरिरहेका थिए मनमा आधी हुरी चलिरहेको थियो, अनेक शब्दहरु तछाड मछाड गरिरहेका थिए, दुधे बालक तिमीलाई हुर्काउने जिम्मा आमालाई नै सुम्पिएर हिडेकी थिए ।

सजिलो कहाँ थियो र ? अरुको लाख भन्दा आमाको काख प्यारो भन्ने उखानले फेरी झस्काउथ्यो, तिम्रो खुशीका लागि परिवारका हरेक सदस्य जे सुकै गर्न तयार हुनुहुन्थ्यो, बाबा आमा, मामा माइजुहरु, ठुलिआमाहरु अनि तिमीलाई मैले भन्दा धेरै माया गर्ने सानी आमाले मलाई भन्दा धेरै माया गर्नुहुन्थ्यो, घरिघरि यो कुराले खुशी हुन्थे तर तिमीसँग सबै कुरा भएर पनि म छैन जस्तो हुन्थ्यो घरि घरि लाग्थ्यो सुनको महल, पैसाको बिटो, चिल्लो गाडी, सुख सयल यि सब आखिर के का लागि चाहन्छ होला मान्छे जो आफु कहिल्यै खुशी छैन भने, मनमा अनेक प्रश्न आउथ्यो आखिर बिहान बेलुका छाक टार्नु न हो खुशीले त एक छाक नखाएरै टर्छ होला जस्तो भान हुन्थ्यो, आफुलाई के के बनाए के के छिन मै साहित्यकार, छिन मै मनोबैज्ञानिक, छिन मै आशु कबि चिलगाडी प्रतिक्षाको क्रम मै मनमा यो हुरी चलिरहेको थियो ।

अन्तत चिलगाडी आयो उडान निस्चित भयो राती एघार तिसको, झोलाबाट मोबाईल झिकेर आमालाइ फोन गरे र भने आमा म अब जान लागे दश पन्ध्र मिनेटमा उड्छु, मैले अरु कुरा भन्नै पाइन वाक्य नै फुटेन आमा रुनु भो मैले फोन काटिदिए र बहिनीलाई मेसेज लेखे “म गए राम्रोसँग बस्नु आमालाई सम्झाउनु बाबुलाई म नभएको जस्तो अनुभुती कहिले नगराउनु आसुले नै बाइ लेखे” बिस्तारै चिलगाडी गुड्यो र उड्यो पनि अब त सबै सकियो कति रोए कति, कति सम्झे कति, आमाको मन न हो आधा मुटु उतै छोडेर हिडेको जस्तो भयो ।

स्वदेश, घरपरिवार र तिमी बाहेक दिमागमा केहि आएन, झ्यालको सिट ताराहरु गन्दै बादलहरुसँग मडारिदै तिमीलाई बिर्सन खोज्थे तर यादलाई मार्न केहिले सक्दो रहेनछ, लामो यात्रा तय गरेपछी सिङ्गापुर आयो चिलगाडी रोक्यो छ घन्टा बस्नुपर्ने थियो निकै सुन्दर सिङ्गापुर झिलिमिली बत्ती, ठुलो र रमाइलो लाग्ने सिङ्गापुर बिमानस्थल झल मल्ल थियो । तर मेरो मनमा अध्यारो मात्रै थियो सन्नाटा छाएको थियो ।

रुन कही पनि बिसाएकी थिइन छ घण्टा बिताउन छ महिना जस्तो लाग्यो समय न हो त्यो पनि बित्यो त्यहाँबाट अर्को गन्तब्य सुरु भयो अस्ट्रेलियाको उहि क्रम दोहोरियो गुड्यो अनि उड्यो, पट्यार लाग्दो यात्रा, निराश पन एक्लोपनले झनै च्यापिरहेको थियो अझै आठ नौ घण्टा उड्नु छ आकाशमा न निन्द्रा छ न भोक नै छ छ त केवल याद मात्र ! त्यति बेला थाहा पाए जिबन, माया र सम्बन्ध के हो भनेर, सायद यि चिजहरु पैसाले किनेर कहिले पाइदैन समयले झन झन टाढा बनाउदै लग्यो, गन्तब्यको निकट आइपुगेको भान हुन्थ्यो करीब कारीब आठ, नौ घण्टाको यात्रा पछी अस्ट्रेलियाको सिड्नी म चिलगाडी ओर्लियो, बिमानस्थल बाहिर तिम्रा बाबा मलाई कुरिरहनु भएको थियो ।

जब तिम्रा बाबालाई भेटे झन आफुलाई सम्हाल्नै सकिन, हुन त बिछोडको पिडा, बिदेशको दुख अनुभव नभएको हैन बिदेशमा बसेर झेल्नुपर्ने समस्याहरु सबैको सामना गर्छु भन्ने मनस्थिती तन्दुरुस्त राखेर झोला बोकेकी तिम्री आमा अझै पनि ति सङघर्षहरुसँग लडिरहेकिछु, जुन तिमीलाई खुशी पार्नका लागि, तिम्रा अभावहरु तिमीलाई असल र स्वभिमान बनाउनका लागि, खैर मनमा तिमीसँग भन्नुपर्ने एउटा उपन्यास नै तयार भएको छ सबै कुरा भेटेरै भन्छु जति लेखेपनि सकिदैन मन का गनथन झन झन थपिदै आउछन झन झन मुटु भरिएको भान हुन्छ लामो समय बितिसकेछ । प्रिय छोरा आज एक बर्ष पाच महिना बिते छ तेस्तो कुनै पल छैन म तिमीलाई सम्झेर नरोएको…..

योजनाहरु बुन्दै थिए तिमीलाई छिटो भन्दा छिटो भेटने तर फेरी अर्को दुस्मन कोरोनाले संसार घुरिरहेको छ । डर र त्रासले दिनरात बितिरहेका छन काम छैन घर मै छु यो खाली समय तिमी साथमा भैदिएको भए कति सहजै दिन बित्थ्यो होला यो केवल कल्पना मात्र भयो के गर्नु प्रकृतिको अगाडी बिज्ञान पनि शुन्य हुदो रहेछ ।

संसार भरि महामारी फैलिएको छ । अब त तिमी ठुलो भैसक्यौ सबै कुरा बुझ्ने भैसक्यौ तातो पानी पिउनु, समय समयमा साबुन पानीले हात धुनु, सफा हुनु, घर मै बस्नु, तिमीलाई गीत सुन्न र गाउन मन पर्छ रे अस्ति तिम्री सानी आमाले फोनमा भन्दै थिइ हो गीत सुन्नु, गाउनु खुशी भएर बस्नु अब हामी छिट्टै भेट्ने छौ, अ सुन त आमालाई दुख नदिनु भनेको मान्नु ज्ञानी हुनु असल हुनु सानिमा र आमाको मन कहिले नदुखाउनु ल ।

उहि तिम्री परदेशी आमा

सूचना प्रिया

कालीगण्डकी गाउपालिका स्याङ्जा

हाल सिडनी अस्ट्रेलिया

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ११ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका