१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राहत कोषमा तिलोत्तमाका जनप्रतिनिधिको ४ लाख ५० हजार सहयोग



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५० हजार रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।

नगरकार्यपालिकाको बैठकले कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार र नगरसभा सदस्यहरुले कम्तिमा २ हजारको दरले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । कतिपय जनप्रतिनिधिहरुले यसअघि नैं कोषमा रकम जम्मा गरिसकेका छन् ।

नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार, उपप्रमुख जागेश्वर चौधरीले १० हजार रुपैंयाँ कोषमा जम्मा गरिसक्नुभएको छ । यस्तै धेरैजसो कार्यपालिका सदस्यहरुले पनि कोषमा रकम जम्मा गरिसक्नु भएको र नगरसभा सदस्यहरुले निर्णयअनुसार रकम जम्मा गर्नुहुने प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

नगरपालिकाकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैंयाँ कोषमा जम्मा गरिसकेका छन् । स्वास्थ्य शाखामा कार्यरत चार जना कर्मचारीले अलग्गै २५ हजारका दरले एक लाख रुपैंयाँ कोषमा जम्मा गरिसकेको लेखा अधिकृत रमेश बस्यालले जानकारी दिनुभयो ।

नगरपालिकाको आह्वान अनुसार कोषमा हालसम्म झण्डै नगद ५५ लाख रुपैंयाँ संकलन भएको छ । कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ-संस्था, बैंक तथा वित्तीय संस्था, खानेपानी, वन सहकारी, विद्यालय, क्लव, विभिन्न व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका हुन् ।

यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ५५ लाख नगद संकलन भएको हो । नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।
नगरपालिकाले एनआईशी एशिया बैंक लिमिटेडको मणिग्राम शाखामा रहेको प्रकोप व्यवस्थापन कोषमा आफू सक्दो सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।
कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामाग्री व्यवस्थापनलगायतका काम सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ ।

हालसम्म राहत वितरणमा नगरपालिकाबाट २१ लाख ४० हजार २२० रुपैंयाँ खर्च भएको छ । नगरपालिकाले २५५ क्विन्टल चामल, ७१ क्विन्टल दाल, ३२ क्विन्टल नुन तथा १४४० पिस साबुन खरिद गरेर राहतस्वरुप वितरण गरेको नगर उपप्रमुख तथा राहत वितरण व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो । चामलको खरिद मुल्य प्रतिकेजी सरदर ५३ रुपैंयाँ ५ पैसा, दालको १०१ रुपैंयाँ र नुनको २० रुपैंयाँ रहेको लेखा अधिकृत बस्यालले बताउनुभयो ।

एकद्धार प्रणालीबाट राहत प्रदान गर्ने नीति लिएको नगरपालिकाले हालस झण्डै ३३ सय परिवारलाई राहत वितरण गरिसकेको छ । पहिलो चरणमा २२ सय परिवारलाई राहत दिइएकोमा दोस्रो चरणमा थप ११ सय परिवारमा राहत पुर्याइएको हो ।

नगरपालिकाले लकडाउनको समय अझैं बढेमा राहत वितरण प्रणालीलाई परिवार संख्याको आधारमा अघि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान