३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

लकडाउनमा चोरबाटोबाट उदयपुर आएका थिए, ‘कोरोना संक्रमित भारतीय’



काठमाडौ । शुक्रबार नेपालभर १४ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए । त्यसमध्ये १२ जना उदयपुरका रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २६ वर्षे १ जना गरी १२ जना रहेका छन् । त्यसमा चितवनमा भेटिएका २७ र ६३ वर्ष उमेरका २ जना रहेका छन । कोरोना संक्रमित भएका १४ जना पुरुष हुन् ।

एक नेपाली र ११ जना भारतीय नागरिक

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमध्य १ जना नेपाली र ११ जना भारतीय नागरिक हुन् । ‘एकजना नेपाली मोरङका हुन,’ उनले भने, ‘११ जना भारतीय मुस्लिम समुदायका नागरिक हुन् ।’

उनले १२ जना भारतीयसहित ४ जना नेपालीको पनि कोरोना परीक्षण गरिएको जानकारी दिए ।

उनले संक्रमित सबैलाई उपचारको लागि विराटनगरको कोशी अस्पताल पठाइएको जानकारी पनि दिए । सँगै बसेका तर, कोरोना नेगेटिभ देखिएका अन्य ४ जनालाई पनि विराटनगर लगिएको छ ।

यसरी आइपुगेका संक्रमित भारतीय नागरिक उदयपुर

संक्रमितहरु नेपाल भारतको जोगवनी नाका हुदै सप्तरीको वोदेबर्साइन नगरपालिका – ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी हुन आएका थिए । त्यसपछि उनीहरु विभिन्न मस्जिदमा बस्दै लकडाउन सुरुभएपछि चोरबाटो हुँदै गत चैत्र १३ गतेतिर उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको मस्जिदमा आएर बसेको स्थानीयले बताएका छन् ।

वीरगजको मस्जिदमा लुकेर बसेका ३ मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले मस्जिदको अनुगमन गरेको थियो । अगुगमनको क्रममा मस्जिदमा उनीहरु लुकेर बसेको अवस्थामा भेटिएका थिए । मस्जिदमा बस्दै आएको समूहलाई सामाजिक दुरी कायम गरि राखिएको थियो । स्थानीयका अनुसार एउटै भान्सामा खाने र सामाजिक घुलमील गरिरहेको थिए ।

लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेकाले पटक/पटक त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएको स्थानीय पत्रकार यदुप्रसाद ढकाल बताउँछन् । ‘प्रशासनले जे भनेपनि कोरोना संक्रमितहरु लकडाउन सुरु भएपछि उदयपुर आएका हुन,’ उनले भने, ‘हामीले जिल्ला प्रशासन, प्रहरीलाई पनि पटक/पटक खबर गरेका थियाैँ, सुरुमा वेवास्ता गरे, पछि वीरगञ्जमा भेटिएपछि खोजी सुरु गरिएको हो, अनि मात्र कोरोना परीक्षण गरिएको हो ।’

मस्जिद क्षेत्रमा कडा सुरक्षा

त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको मस्जिद क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गर्ने र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ११ : ५९ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा