१९ आश्विन २०८३, सोमबार | October 5, 2026

कालिगन्डकीद्धारा २५ हजार सहयोग



तिलोत्तमा । कालिगन्डकी बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ३ ले ‘कोभिड १९’ नियन्त्रणका सहयोग गरेको छ ।

सहकारीले आइतवार तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपियाँ जम्मा गरेको सहकारीका अध्यक्ष यज्ञप्रसाद सापकोटाले जनाकारी दिए ।

‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र त्यसको संक्रमण रोकथामका लागि सानो सहयोग होस भनेर सहयोग गरेका हौँ ।’ –उनले भने । सहकारीले समाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको सहकारीका अध्यक्ष सापकोटाको भनाई छ ।

तिलोत्तमा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मार्फत सो रकम कोषमा जम्मा गरिएको छ । चेक ग्रहण गर्दै वडा न. ३ का वडा अध्यक्ष टंक तिवारीले विपदको समयमा संघ संस्थाहरुले सदासयता देखाउनु सकारात्मक पक्ष भएको बताए । उनले यस प्रकारका सहयोगले नै नगरपालिका राहतको कार्य गर्न सक्षम हुने बताए ।

नियमित बचत तथा सहकारी कार्यका अलवा रत्तदान, अन्य सहयोग लगएत समाजिक कार्य समेत गर्दै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : २६ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा