२ असार २०८२, सोमबार | June 16, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ६५ हजार पुग्यो



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९ ) कोरोना भाइरसले मृत्यु हुनेको संख्या सोमबार विहान सम्म १ लाख ६५ हजार ८५ जना पुगेको छ ।

विश्वभर २४ लाख ७ हजार २५० जना संक्रमित भएका छन् । यो समाचार तया गर्दा सम्म ६ लाख २५ हजार जना उपचार पछि घर फिर्ता भएका छन् । उपचाररत १६ लाख १७ हजार २२४ को विश्वका भिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने ५४ हजार २२७ सयको अवस्था गम्भीर छ ।

कोरोना भाइरसलेबाट अमेरिकामा १ हजार ५ सय ९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ६३ हजार ३०३ पुगेको छ । त्यहाँ २५ हजार हजार ६ सय नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा आइतबार ३ सय ९५ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १९ हजार ७ सय १८ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार छ ।

बेलायतमा आइतबार एकै दिन ५ सय ९६ जनाले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म १६ हजार ६० जनाले ज्यान गुमाएका छन् । १ लााख २० हजार संक्रमित मध्ये ५ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् ।

इटलीमा एकै दिन ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २३ हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ७९ हजार संक्रमित छन् ।

त्यस्तै स्पेनमा हालसम्म २० हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् । आइतबार ४ सय १० जनाले ज्यान गुमाएका हुन् । स्पेनमा १ लाख ९६ हजार संक्रमित छन् ।

चिनमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएन । तर १६ जना संक्रमित थपिएका छन् । चिनमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म इरानमा ५ हजार १ सय १८, बेल्जियममा ५ हजार ६ सय ८३, जर्मनीमा ४ हजार ५ सय ४८, नेदरल्याण्डमा ३ हजार ६ सय ८४, ब्राजिलमा २ हजार ३ सय ८८ र स्विजरल्याण्डमा १ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि टर्कीमा २ हजार १७, स्विडेनमा १ हजार ५ सय ४० र क्यानडामा १ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि भारतमा ५ सय ५९ जनाको मृत्यु भएको छ भने १७ हजार ६ सय १५ जना संक्रमित छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ५५ बजे

राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क