५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ६५ हजार पुग्यो



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९ ) कोरोना भाइरसले मृत्यु हुनेको संख्या सोमबार विहान सम्म १ लाख ६५ हजार ८५ जना पुगेको छ ।

विश्वभर २४ लाख ७ हजार २५० जना संक्रमित भएका छन् । यो समाचार तया गर्दा सम्म ६ लाख २५ हजार जना उपचार पछि घर फिर्ता भएका छन् । उपचाररत १६ लाख १७ हजार २२४ को विश्वका भिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने ५४ हजार २२७ सयको अवस्था गम्भीर छ ।

कोरोना भाइरसलेबाट अमेरिकामा १ हजार ५ सय ९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ६३ हजार ३०३ पुगेको छ । त्यहाँ २५ हजार हजार ६ सय नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा आइतबार ३ सय ९५ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १९ हजार ७ सय १८ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार छ ।

बेलायतमा आइतबार एकै दिन ५ सय ९६ जनाले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म १६ हजार ६० जनाले ज्यान गुमाएका छन् । १ लााख २० हजार संक्रमित मध्ये ५ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् ।

इटलीमा एकै दिन ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २३ हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ७९ हजार संक्रमित छन् ।

त्यस्तै स्पेनमा हालसम्म २० हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् । आइतबार ४ सय १० जनाले ज्यान गुमाएका हुन् । स्पेनमा १ लाख ९६ हजार संक्रमित छन् ।

चिनमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएन । तर १६ जना संक्रमित थपिएका छन् । चिनमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म इरानमा ५ हजार १ सय १८, बेल्जियममा ५ हजार ६ सय ८३, जर्मनीमा ४ हजार ५ सय ४८, नेदरल्याण्डमा ३ हजार ६ सय ८४, ब्राजिलमा २ हजार ३ सय ८८ र स्विजरल्याण्डमा १ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि टर्कीमा २ हजार १७, स्विडेनमा १ हजार ५ सय ४० र क्यानडामा १ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि भारतमा ५ सय ५९ जनाको मृत्यु भएको छ भने १७ हजार ६ सय १५ जना संक्रमित छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ५५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं