१८ चैत्र २०७९, शनिबार | April 1, 2023

कोरोना कहर : भारतमा ५५९ जनाको मृत्यु, एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित



काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो । भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् । १४ हजार २०२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित छ । जहाँ हालसम्म ५ हजार ११८ जनाले ज्यान गुमाएका छन् । त्यसपछि चीनमा ४ हजार ६३२, टर्कीमा २ हजार १७, इन्डोनेसियामा ५८२ जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेको संख्यामा एसियाली मुलुकमा भारत पाँचौ स्थानमा छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : २३ बजे

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको