९ चैत्र २०८२, सोमबार | March 23, 2026

दल विभाजनका लागि सजिलो बनाउन अध्यादेश ल्याउने सरकारको तयारी



काठमाडौ ।  राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत मत आवश्यक पर्छ ।

सोही प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय भएको ती मन्त्रीले बताउनुभयो ।

उनका अनुसार मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री ओलीले अप्रत्यासित रूपमा अध्यादेशसम्बन्धी ठाडो प्रस्ताव गनुभएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावमा ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले तत्काल फरक मत राख्नु भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा यस्तो निर्णय गर्नु ठीक हो र भन्दै असहमति समेत जनाउनुभयो । प्रधानमन्त्रीज्यूले यसमा अब छलफल जरूरी भएन, यही निर्णय भयो भनेर कुरा टुंग्याउनुभयो एक मन्त्रीले भन्नुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ३० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय