५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई



खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम ब्रोदर्स एफसीले जितेको छ । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरिएकोमा आयोजक टिमले उपाधि उचालेको हो ।

ब्रोदर्स एफसीले उपाधि उचालेसंगै नगद ३० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ब्रोदर्स एफसीले प्रथम पुरस्कारको सौजन्य समाजसेवी प्रेम सागर पौडेलले गरेका थिए । ब्रोदर्स एफसीले नव ज्योती युवा क्लब परशुरामपुरलाई सुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो । खजुरामा खेलकुदका गतिविधिमा सक्रिय ब्रोदर्स स्पोट्र्स क्लबले फागुन ३० गते देखि प्रथम खजुरा नाइट फुटबल प्रतियोगिताको आयोजनामा गरेको हो ।

पाँच–ए–साइड फुटबल प्रतियोगितामा बाँके जिल्लाका विभिन्न स्थानबाट १६ वटा टिमले सहभागिता जनाएका थिए । रात्रीकालीन रूपमा आयोजना गरिएको फुटबल प्रतियोगिता भएकाले खेलप्रेमीका लागि यो प्रतियोगिता निकै रोचक मानिएको समापन खेलका प्रमुख अतिथि खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्रीले जनाए । समापन कार्यक्रममा बोल्दै अध्यक्ष रोकाक्षेत्रीले खजुरा खेलकुद क्षेत्रमा अगाडी बढिरहेकाले नाइट खेलले यसमा थप उचाई थपेको उल्लेख गरे ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष तिलकविर सुनारले खजुरामा खेलप्रेमी र खेलाडीलाई हौसला दिन स्थानिय सरकारले योजना बनाउन आवश्यक रहेको उल्लेख गरे ।

प्रतियोगिताको मुख्य उद्देश्य खजुरा क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्नु, युवाहरूलाई खेलप्रति आकर्षित गर्नु तथा खेलमार्फत सामाजिक एकता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको खेल संयोजक भरत घर्तीले जानकारी दिए ।

उपविजेता टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको ब्रोदर्स स्पोट्र्स क्लबका अध्यक्ष विवेक सागर पौडेलले जनाए । खेल खजुरा ४ मा रहेको मुसवेटवा बाबा स्थित मजारको खेल मैदानमा भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : २६ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही