२० आश्विन २०८३, मंगलबार | October 7, 2026

दल विभाजनका लागि सजिलो बनाउन अध्यादेश ल्याउने सरकारको तयारी



काठमाडौ ।  राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत मत आवश्यक पर्छ ।

सोही प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय भएको ती मन्त्रीले बताउनुभयो ।

उनका अनुसार मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री ओलीले अप्रत्यासित रूपमा अध्यादेशसम्बन्धी ठाडो प्रस्ताव गनुभएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावमा ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले तत्काल फरक मत राख्नु भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा यस्तो निर्णय गर्नु ठीक हो र भन्दै असहमति समेत जनाउनुभयो । प्रधानमन्त्रीज्यूले यसमा अब छलफल जरूरी भएन, यही निर्णय भयो भनेर कुरा टुंग्याउनुभयो एक मन्त्रीले भन्नुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ३० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते