९ चैत्र २०८२, सोमबार | March 23, 2026

तिलोत्तमामा कृषि कार्यका लागि टेक्टरको भाडा दर निर्धारण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि टे«क्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।

नगरपालिकाले व्यवसायी समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर टे«क्टरको नयाँ भाडा दर कायम गरेको वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट टे«क्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार २५० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ कायम गरिएको हो । यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ निर्धारण भएको लुम्बिनी टे«क्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिनुभयो ।

अब तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेको भन्दा बढी भाडा कसैले लिन पाउने छैनन् । तर, तोकिएभन्दा कम भाडा लिन व्यवसायीले सक्नेछन् । तिलोत्तमा नगरपालिकाले टे«क्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । तिलोत्तमाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । प्रमुख खाद्यबाली धान, गहुँ, मकैंको यहाँ ठूलो परिमाणमा उत्पादन हुने गर्दछ ।

स्थानीय सरकारले टे«क्टरको भाडा दर निर्धारण गरेकोमा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्था लगायतकाको आधारमा आगामी दिनमा भाडादरलाई समायोजन गरेर अघि बढिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।

यसअघि तिलोत्तमाका कतिपय वडामा कल्टिभेटरको पन्ध्र सय तथा रोटाभेटर र थ्रेसरको दुई हजार एक सयसम्म प्रतिघण्टा भाडा लिने गरिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ३५ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय