४ पुस २०८२, शुक्रबार | December 20, 2025

विभिन्न स्थानबाट घरमा फर्किएका ४ जनालाइ तिनाउ गाउपालिकाको क्वारेन्टाइनमा राखियो



दोभान । पाल्पाको तिनाउ गाउँपालिकाले विभिन्न स्थानबाट घरमा फर्किएका ४ जनालाइ क्वारेन्टाइनमा राखिएको छ ।

चितवनबाट फर्किएका ३ र काठमाडौँबाट फर्किएका १ गरी ४ जनालाइ क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले बताउनुभयो ।

उनीहरूमध्ये तिनाउ २ नुवाकोटको क्वारेन्टाइनमा ३ र तिनाउ ६ बेलडाँडाको क्वारेन्टाइनमा १ जनालाइ राखिएको उहाले बताउनुभयो । उनीहरूको नियमित स्वास्थ्य परीक्षण, खाना, नास्ताको व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।

तिनाउमा यसअघि कुनै पनि मानिस क्वारेन्टाइनमा थिएनन् । पहिलो चरणमा ४ लाख ५० हजारको खाद्यान्न सामाग्री राहत वितरण गरेको गाउँपालिकाले सबै वडाहरुमा गरिव तथा विपन्न वर्गलाई ६ लाख मूल्य बराबरको खाद्यान्न सामाग्री राहत वितरण गर्न सुरु गरेको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

लकडाउन अवधिमा अनावश्यक घर बाहिर ननिस्कन तथा पछिल्लो १४ दिनयता विदेशबाट आएका कुनै नागरिक भएमा गाउँपालिकामा खबर गर्नका लागि उहाले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ३ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको