७ आश्विन २०८३, बुधबार | September 23, 2026

उदयपुरमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो



काठमाडौ । उदयपुरका थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटा ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वाब परीक्षण गरिएको हो ।

नयाँ संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदकै रहेको बताइएको छ । यसअघि मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा कोरोना संक्रमण देखिएकामध्ये चारजना निको भएर घर फर्किएका छन् । तीमध्ये काठमाडौंको टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एकजना र कैलालीस्थित सेती अस्पतालबाट एकजना उपचार गरेर घर फर्किएका हुन् ।

अहिले विभिन्‍न अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ। टेकु अस्पतालमा एक, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा चार, बाग्लुङको धौलागिरि अस्पतालमा अस्पतालमा एक, सेती अस्पतालमा चार, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुईजनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११