२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सरकार विरुद्ध नेबिसंघको विरोध, जनताले स्वस्थ्य सामग्री सहज पाउन सकेका छैनन : नेबिसंघ उपाध्यक्ष पौडेल



बुटवल । लक डाउनको अवधिमा नै नेपाल विद्यार्थी संघले बुटवलमा शान्तपूर्ण विरोध कार्यक्रम गरेको छ ।

नेबिसंघको केन्द्रिय कार्यक्रम अन्तरगत सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न दबाब दिदै शुक्रबार बुटवलको पुष्पलाल पार्कमा विरोधमा कार्यक्रम गरेको हो । नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेलको नेतृत्वमा निस्केको मौन रयाली विहान साढे ९ बजेदेखि आधा घण्टा साकेतिक विरोध स्वरुप प्लेटकार्डसहित विरोध गरेको हो ।

विरोध स्वरुप कालो प्लेट कार्ड, निरंकुशलता मुर्दाबाद, जनताको जिवनरक्षामा सरकार ध्यान केन्द्रित गर लगायतका प्लेटकार्ड सहित चोकमा मौन जुलुसले धर्ना दिएको थियो । नेबिसंघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेलले सरकारको ध्यान कोरोना रोकथाममा लाग्नुपर्ने बताउनुभयो । साकेतिक रुपमा जनतालाई सुसुचित गर्न कार्यक्रम गरिएको उहाले बताउनुभयो ।

हरेक देशको सरकार कोरोनाबाट आफनो जनताको स्वस्थ्यको बारेमा तिब्र रुपमा काम अघि बढाईरहेको उहाले दुखसो गर्नुभयो ।

विरोध कार्यक्रममा तरुण दलका क्षेत्रीय अध्यक्ष हसन्त लामा, बुटवल उपमहानगर समितिका अध्यक्ष सुजन पुन, नेविसंघका जिल्ला नेताहरु छाया पोखरेल, सुरज क्षेत्री, अशोक गौतम, रेशम केसी लगायतको सहभागिता थियो ।

नेबिसंघको विरोध कार्यक्रमले प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल निवासमा आधा घण्टा रोकिनुभएको थियो । निवासबाट कार्यालय हिडनुभएको उहालाई प्रहरीले खबर गरेर घरमै रोकेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : १६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार