९ चैत्र २०८२, सोमबार | March 23, 2026

शिक्षा पत्रकार समूहद्धारा ‘भर्चुअल प्रेस मिट’ सुरु, महिना दिन भित्र प्रदेश ५ को शिक्षा क्षेत्र उपयुक्त विकल्प सहित सुचारु हुने : मन्त्री बराल



बुटवल । शिक्षा पत्रकार समूहले कोरोना भाईरसका कारण मुलुक लक डाउनमा रहेका बेला शिक्षाका समसामयिक बिषयबस्तुमा सरोकारवाला र सञ्चारकर्मी बिच सम्बाद गराउन ‘भर्चुअल प्रेस मिट’ सुरु गरेको छ ।

यो शृंखलाको पहिलो अन्र्तक्रिया ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’ बारे आज गरिएको छ । ‘भर्चुअल प्रेस मिट’मा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, उपसचिव थानेश्वर ज्ञवाली, काठमाण्डौ, बुटवल, दाङ र नेपालगन्जका झण्डै दुई दर्जन पत्रकारहरु सहभागी भएका छन ।

मन्त्री बरालले कक्षा १ देखि ९ सम्मका परिक्षा लिईसकिएकाले नतिजा प्रकाशनका लागि तयारी भईरहेको बताउनुभयो । विभिन्न कारणले परिक्षा संचालन गर्न र सहभागी हुन नसकेका विद्यार्थीका लागि अर्धबार्षिक परिक्षाका नतिजाका आधारमा नतिजा निकाल्नेबारे छलफल भईरहेको पनि उहांले बताउनुभयो ।

स्थगित रहेको एसईई र कक्षा ११ र १२ का परिक्षा संचालनका लागि होमसेन्टर तोक्ने र थोरै परिक्षार्थी राख्ने वा विज्ञान, अंग्रेजी, गणित जस्ता महत्वपूर्ण विषयको मात्रै परीक्षा लिनेबारे संघीय सरकारसंग छलफल चलिरहेको पनि मन्त्री बरालको भनाई थियो ।

परिक्षा संचालनका विभिन्न विकल्पबारे प्रदेश र स्थानीय तहमा पनि शिक्षक, स्थानीय तह र विज्ञहरुसँग छलफल गरिरहेको मन्त्री बरालले जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्र सुरु भईसक्दा पनि कक्षा संचालन हुने स्थिती नरहेकाले प्रदेश ५ सरकारले अनलाईन कक्षा संचालन गर्न तयारी गरिरहेको जनाएको छ ।

अन्र्तक्रियामा मन्त्री बरालले भन्नुभयो, “अनलाइन कक्षाका लागि मोबाइल एप, सामाजिक संजाल वा रेडियो कुन विधि व्यवहारिक, वैज्ञानिक र प्रभावकारी हुन्छ बुझ्दैछौं । होमवर्क समेत हेर्न मिल्नेगरी एप बनाउन लागिएको छ । लक डाउन लम्बिँदै गए एक महिनाभित्र कक्षा संचालन गर्नेगरी तयारी हुँदैछ ।”

गाउँमा अझै पनि इन्टरनेटको पहुँच नपुगेकाले ग्रामिण क्षेत्रसम्म सेवा बिस्तार गर्न नेपाल टेलिकम लगायत सेवा प्रदायकलाई सुझाब दिइएको पनि उहांले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेश ५ मा करिब ४ हजार ७ सय सामुदायिक र १ हजार १ सय संस्थागत निजी विद्यालय संचालनमा छन् । ती विद्यालयमा झण्डै ११ लाख विद्यार्थी अध्ययनरत छन् ।

जाँच लिन नसकेका विद्यालयलाई निकास दिने र पाठ्यपुस्तक विद्यालय तथा विद्यार्थीसम्म पु¥याउने पनि तयारी भईरहेको मन्त्री बराले जानकारी दिनु भयो । प्रदेश ५मा लक डाउन लम्बिँदै जाँदा गाउँमा बाहिरका व्यक्ति आउन रोकेर विद्यार्थीबीच दूरी राखेर सुरक्षित र नियन्त्रित कक्षा संचालनको संभावनाबारे पनि छलफल चलिरहेको छ ।

मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली माथिल्लो कक्षाका दिदीदाजुले भाइबैनीलाई पढाउने अभ्यासको पनि तयारी भईरहेको बताउनु भयो । त्यस्तै, सामाजिक संघ संस्थासंगको सहकार्यमा रेडियो वा अनलाइन कक्षालाई सहज बनाउन खोजिएको उहांले बताउनुभयो । त्यसो गर्दा सिमान्तकृत समुदायका बालबालिकाको पहुँच बृद्धि गर्ने र समेटिने ज्ञवालीको भनाई छ ।

अन्र्तक्रियाका सहभागी पत्रकारहरुले कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भई थुप्रै अभिभावकले आफ्ना बालबालिकालाई निजीबाट सामुदायिक विद्यालयमा सार्ने संभावना रहेको, अनलाईन कक्षामा निरक्षर तथा विपन्न वर्गका बालबालिकाको पहुँच पुग्न कठिन हुने भएकाले शिक्षकहरु जो जहाँ छन् त्यहीं वरपरका बालबालिकालाई पढाउनु उपयुक्त हुने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ४४ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा