२६ माघ २०८१, शनिबार | February 8, 2025

लकडाउनबारे निर्णय लिन बोलाइएको मन्त्रिपरिषद् बैठक सर्‍यो



काठमाडौ । लकडाउन के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक बेलुकी ५ बजेसम्मलाई सरेको छ । प्रधानमन्त्रीको व्यस्ताले गर्दा बैठक सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले लकडाउनका विषयमा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिमसँग छलफल गर्ने तयारी छ । यसअघि मन्त्रिपरिषद् बैठक दिउँसो दुई बजेका लागि बोलाइएको थियो ।

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्यदलको सुझावका आधारमा एकहप्ता लकडाउन थप्न सुझाव दिएको थियो ।

अर्को हप्तादेखि भने लकडाउनलाई खुकुलो बनाउने सुझाव पनि समितिको कार्यदलले दिएको छ । चैत ११ गतेदेखि जारी लकडाउन भोलि सकिदैछ ।

लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रण उन्मुख भएको उच्चस्तरीय समितिको निष्कर्ष छ । उच्चस्तरीय समितिमा भने कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउने विषयमा पनि हिजो छलफल भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ४६ बजे

नबिल बैंकको नबिल एसएसई फेलोशिप सम्पन्न, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी

काठमाडौ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

रुपन्देहीको रोहीणीमा रहेको पशुपति माविका बालबालिकालाई पहिलो पाइला नेपाल बुटवलले गर्यो न्यानो कपडा वितरण

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले रुपन्देहीको रोहीणी गाउँपालिका-६

२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को

शाइन रेसुङ्गा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा ‘रन टु शाइन’ हुने

बुटवल । आफ्नो १७ औं वार्षिकोत्सबको अवसरमा शाइन रेसुङ्गा डेभलपमेन्ट

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारदेखि

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले  आइतबारदेखि सुरु हुने