९ चैत्र २०८२, सोमबार | March 23, 2026

चीनको वुहानको लागि महत्वपूर्ण क्षण : कोरोना सङ्क्रमित शून्य



काठमाडौ । चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् ।

दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड–१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति हुनुभएको छ । दिङको दोस्रो परीक्षणको रिपोर्टमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि उहाँलाई आइतबार घर पठाइएको वुहान नगर स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले बेइजिङमा पत्रकार सम्मेलनमा भन्नुभयो, “वुहानले कोरोना भाइरसविरूद्धको लडाईंमा सफलता पाउनुमा वुहान तथा देशका विभिन्न भागबाट त्यहाँ रहेर विरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण थियोे ।”

आइतबारको घोषणा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चिनियाँ शहर वुहानको लागि महत्वपूर्ण क्षण बनेको छ । चीनको वुहानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको लगातार पाँच दिनपछि र हुबेईमा सबैभन्दा बढी दैनिक ५० हजार ६३३ विरामी र वुहानमा ३८ हजार २० विरामीलाई सेवा दिएको ७० दिनपछि राष्ट्रिय स्वास्थ्य आयोगको उक्त घोषणा आएको हो ।

यस क्षणको प्रतिक्षामा थियौँ : चिकित्सक

सघन सेवा कक्षका चिकित्सक साङ यूले भन्नुभयो, “कोरोना भाइरसमुक्त घोषणा भएको यो दिन वुहानवासी (चिनियाँ) का लागि ऐतिहासिक बनेको छ ।” उहाँले थप्नुभयो, “हामीले यो दिनको प्रतिक्षा लामो समयदेखि गरिरहेका थियौँ ।” शनिबारको अन्त्यसम्ममा वुहानमा ५० हजार ३३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ८६९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये निको भएर फर्किनेको सङ्ख्या वुहानमा ९२.३ प्रतिशत रहेको बताइएको छ ।
हुबेइमा विगत २० दिनयता नयाँ सङ्क्रमित व्यक्ति नभेटिएको र हुबेईमा बाँकी ५० जना कोभिड–१९ सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

आइतबारसम्म मुख्यभूमि चीनमा ८२ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ८०१ जना विरामीको चीनभर उपचार भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा ७७ हजार ३९४ सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : १२ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत