२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

लकडाउन उपयोग : झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा



बलेवा । बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन शुरु भएपछि घर फर्किनुभयो ।

बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उहाँको घरछेउको बारी कोतर्ने कोही थिएनन् । न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे । राजु बजार झरेसँगै घर छेउको बारी बाँझियो, जङ्गली जनावरको बासस्थानजस्तै रूप झाडीले बदल्यो ।

लकडाउनको पालना गर्न घर पुग्नुभएका उहाँले सात वर्षपछि अहिले बारी खनजोत गर्नुभयो । झाडीमा बदलिएको बारीले लकडाउनकै कारण सुसार पायो ।

घर छेउमा रहेको सात रोपनी बारीमा उहाँले मकै लगाउनुभयो । “घर बस्न नपाएर बाँझिएको बारीमा चितुवा नै बस्छ जस्तो थियो”, हमालले भन्नुभयोे, “यसपालि फुर्सदमा घर बसियो, सबै फाँडेर मकै लगाएँ ।” उहाँले अब बारी बाँझो नराख्ने सोच बनाउनुभएको छ ।

झाडीले पुरेको बारी खनजोत नभएकै कारण अनकन्टार बन्दै थियो । प्रविधिले उहाँलाई साथ दियो र मिनिपावर ट्रिलरले बारी कोतर्नुभयो । “गोरु नपाइने, जोत्ने मान्छे पनि नहुने”, उहाँले भन्नुभयो, “अब त मेशिनले जोतेरै भए पनि खेती गर्छु ।”

हमालले जस्तै बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गर्न थालेका छन् । जिल्लाकै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा लकडाउनकै समयमा एक हजार केराका बिरुवा लगाइएको छ । केरा पकेट क्षेत्र घोषण भएको वडामा रहेका बाँझो खेतबारीमा केराका बिरुवा लगाइएको हो । लकडाउनमा बाहिरबाट गाउँ फर्केका युवाले केरा लगाउन घरमा भएका आफन्तलाई सघाइरहेका छन् । पकेट क्षेत्र भएकाले केराका बिरुवा त रोपिन्थे नै तर लकडाउनमा घर फर्केका युवाका कारण खाडल बनाउने, मलदिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताउनुभयो ।

जैमिनीमा केराका बिरुवा लगाउनका लागि कृषि प्राविधिक पनि खटिएका छन् । “लकडाउनको पालना गर्दै कृषि कर्म गर्न सकिन्छ भनेर सबै किसानालाई उत्साहित बनाइरहेका छौँ”, नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले भन्नुभयो, “हामीले बारीमै पुगेर सल्लाह दिएका छौँ, उहाँहरु सामाजिक दूरी कायम राखेर काम गरिरहनु भएको छ ।” बाँझो रहेको जमीन र खाद्यान्न बाली कम उत्पादन हुने क्षेत्रमा केरा बाली लगाउन सल्लाह दिइएको शर्माले बताउनुभयो ।

साविकको कुश्मीशेरा गाविसका वडा नं १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ४९ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले