१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तिलोत्तमा नगरमा बांझो खेत नराख्ने निर्णय कार्यान्वयन भएन



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिगत १ वर्ष देखि नगरपालिका भित्र खेती योग्य जमिन बांझो राख्न नपाईने नियम बनाए पनि नगरपालिकाकै छेउछाउको जमिन बांझो देखिएपछि यस वर्ष देखि कडाई गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा नै आफ्नो निती तथा कार्यक्रम बनाउंदा नगर भित्रका जमिन बांझो राख्न नपाउने निती अगाडी सारेको थियो । नगरलाई कृषिमा आधारीत बनाउने भन्दै खेतीयोग्य जमिन बांझो राख्न नपाउने भनिएपनि बांझो राख्ने जग्गावालालाई के कस्तो कारवाहि गर्ने भन्ने बिषयमा कानुन बन्न नसक्दा नगरपालिकाको निर्णय कार्यान्वयन हुन सकेन ।

नगरपालिका कार्यालय रहेकै वरिपरि धमाधम खेत बांझो देखिएपछि यस वर्ष भने तिलोत्तमा नगरपालिकामा खेति बांझो राखेको पाईएमा संधियारलाई वा समुह बनाई नगरपालिकाले नै निर्णय गरेर खेती गर्न दिने भएको छ ।

अघिल्लो वर्ष निती बनाएर पनि कडाई नगर्दा जग्गाधनीले अटेर गरेको नगरपालिकाको ठहर छ । जग्गा धनी आफैले मनन् गरेर खेति गरुन भन्ने उद्देश्यले कडाई नगर्दा अधिकांस खेत बांझो रहेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरे स्विकार गर्नुहुन्छ । कोरोना भाइरसको माहामारीका कारण आउन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यस वर्ष भने बांझो खेत राख्न नदिने गरि कार्ययोजना बनाईएको नगरप्रमुख घिमीरे बताउनु हुन्छ ।

तिलोत्तमा नगरपालिकामा ८७ बर्ग किलोमिटर क्षेत्र खेतियोग्य रहेको नगरपालिकाले तथ्यांक निकालेको छ । नगरपालिकाको बांझो खेत राख्न नपाउने निती बनाएपनि मल बिउ र सिंचाईका अभावमा नगरपालिका भित्र खेती गर्न सजिलो नभएको किसानहरुले बताएका छन् । मल, बिउ तथा खेति गर्ने वाताबरण पनि नगरपालिकाले ब्यवस्थापन गर्न सके खेत बांझो रहन नदिने निती सफल हुने स्थानीय किसान कृष्ण प्रसाद पन्थी बताउनुहुन्छ ।

तिलोत्तमा कै अर्का किसान कांसिराम सुबेदीले पनि नगरपालिकाको निर्णय स्वागत योग्य भएको बताउंदै बांझो रहेको खेत संधियार, कृषक समुह वा आमा समुह जस्ता संस्थाबाट खेति गराई उत्पादन बढाउनु पर्ने सुबेदीको भनाई छ ।

 

नगरपालिकाको निर्णय स्वागत योग्य र प्रगतिशिल भएपनि कानुनीरुपमा कसैको स्वामित्वमा रहेको जमिन अरु कसैलाई खेती गर्न दिने कानुनी प्रावधानलाई नगरपालिकाले ख्याल गर्न जरुरी देखिन्छ । कानुनी प्रक्रिया समेत मिलाई भएका निर्णय कार्यान्वयन गर्न सके तिलोत्तमा कृषि क्रान्तिका लागि पनि नमुना नगरपालिका बन्न सक्ने छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : १२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान