२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘लकडाउन’को फाईदा उठाउदै बढी मुल्यमा सामान बेचेपछि भाटभटेनीलाई ३ लाख जरिवाना



काठमाडौं, सर्वसाधारणको पसलहरुमा लकडाउन लगाएर बन्द गराएपनि निर्धक्क चलिरहेको भाटभटेनी सुपर मार्केटले बढी मुल्यमा सामान बेचेपछि आज ३ लाख जरिवना लगाईएको छ । दैनिक उपभोग्य सामानमा अधिकतम बिक्री मुल्य भन्दा बढी मूल्य लिएको पाइएपछि भाटभटेनी सुपरमार्केट ३ लाख जरिवानामा परेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि जरिवाना गरेको जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले बताएको छ ।
लकडाउनको समयमा सरकारले साना ब्यवसायीहरुलाई ब्यवसाय संचालन गर्न रोक लगाए पनि नागरिकलाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भन्दै भाटभटेनीलाई देशै भर संचालन गर्न अनुमती दिएको छ । भाटभटेनीका पसलहरुमा सामाजिक दुरी कायम नगरेको, टोलमा भिड लगाएको तथा पसलकै स्टाफहरुलाई आवश्यक सुरक्षा प्रबन्ध नमिलाएको भन्दै पसल वरपरका स्थानीयबासीले आलोचना गर्दै आएका छन् । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ५१ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज