१३ चैत्र २०७९, सोमबार | March 28, 2023

‘लकडाउन’को फाईदा उठाउदै बढी मुल्यमा सामान बेचेपछि भाटभटेनीलाई ३ लाख जरिवाना



काठमाडौं, सर्वसाधारणको पसलहरुमा लकडाउन लगाएर बन्द गराएपनि निर्धक्क चलिरहेको भाटभटेनी सुपर मार्केटले बढी मुल्यमा सामान बेचेपछि आज ३ लाख जरिवना लगाईएको छ । दैनिक उपभोग्य सामानमा अधिकतम बिक्री मुल्य भन्दा बढी मूल्य लिएको पाइएपछि भाटभटेनी सुपरमार्केट ३ लाख जरिवानामा परेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि जरिवाना गरेको जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले बताएको छ ।
लकडाउनको समयमा सरकारले साना ब्यवसायीहरुलाई ब्यवसाय संचालन गर्न रोक लगाए पनि नागरिकलाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भन्दै भाटभटेनीलाई देशै भर संचालन गर्न अनुमती दिएको छ । भाटभटेनीका पसलहरुमा सामाजिक दुरी कायम नगरेको, टोलमा भिड लगाएको तथा पसलकै स्टाफहरुलाई आवश्यक सुरक्षा प्रबन्ध नमिलाएको भन्दै पसल वरपरका स्थानीयबासीले आलोचना गर्दै आएका छन् । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ५१ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था