२ बैशाख २०८३, बुधबार | April 15, 2026

हुलमुलमा नजाऔं, हावामा पनि कोरोना भाईरसको अंश भेटियो



एजेन्सी । चीनका वैज्ञानिकहरुले कोरोना अति प्रभावित स्थानका हावामा पनि कोरोना भाईरसका अनुवांशिक तत्व फेला परेको खुलासा गरेका छन ।

चीनको वुहान विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका हुन । यद्यपी यसबाट संक्रमण फैलने वा नफैलने भन्ने बारेमा यकिन हुन बाँकी नै छ । अध्ययनका लागि वैज्ञानिकहरुले फेब्रुअरी र मार्च महिनामा ३१ स्थानबाट ४० वटा नमुना संकलन गरेका थिए ।

वैज्ञानिकहरुले मानिसहरुको आवागमन बढी हुने अस्पताल नजिकको हावाको नमुना पनि लिएका थिए । यो अध्ययनबाट भेंटिलेसन भएको स्थानको हावामा थोरै र भेंटिलेसन नभएका स्थानको हावामा कोरोना भाईरसको अनुवांशिक तत्व धेरै रहेको अनुशन्धानबाट पत्ता लागेको छ ।

अनुशन्धानबाट मानवीय भिडभाड भएको स्थान र अस्पताल बाहिरको क्षेत्रको हावामा कोरोना भाईरसको अंश अधिक भेटिएको पत्ता लागेको छ । खासगरि चिकित्सकहले पीपीईलगायतका आफ्ना ब्यक्तिगत सुरक्षा सामाग्री खोल्ने स्थानका हावामा पनि कोरोना भाईरसको अंश बढी भेटिएको छ ।

यसबाट कपडा खोल्दा कोरोना भाईरस हावामा फैलन्छ भन्ने तर्क पुष्टि भएको वैज्ञानिक अध्ययनबाट देखिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ४१ बजे

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौं । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको अनुहार, शरीर सबै

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक

मधेशप्रदेशमा जुडशीतल मनाइँदै

महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज