२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

पटक पटक गलत रिपोर्ट निस्केपछि पिसिआर परिक्षण नै बन्द



जनकपुर, १६ बैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा स्वाव परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको ब्यक्तिको स्वाव पटक पटक केन्द्रिय ल्याबमा परिक्षण गर्दा संक्रमण भएको रिपोर्ट आएपछि प्रदेश नम्बर २ को राजधानी जनकपुर प्रादेशिक अस्पतालको ल्याब अनिश्चितकालका लागि बन्द गरिएको छ । जनकपुर प्रादेशीक अस्पतालको पिसिआर ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका सर्लाहीका १४ बर्षिय किशोरको घर फर्केको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्टे पोजेटिभ आए पछि जनकपुरमा जडान गरिएको ल्याबमाथि नै शंका गरिएको थियो । सोहि ल्याबमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका रौतहटका दुई जनाको दुई पुरुषको पनि त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड–१९ को संक्रमण पुष्टि भए पछि जनकपुरको ल्याब बन्द गरिएको हो । उनीहरु सबै १४ दिन क्वारेन्टाइनमा बसेर परिक्षण पश्चात घर गएका थिए ।
जनकपुरमा चैत २१ देखि पिसिआर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण शुरु भएको थियो । अहिलेसम्म १०२ वटा स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक स्वास्थ्य निर्देशनालय, जनकपुरले जनाएको छ ।
प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले तत्कालका लागि परीक्षण स्थगन गरिएको बताउनुभयो ।
ल्याब बन्द भए पश्चात संकलन गरिएका थ्रोट स्वाबको नमुनाहरु परीक्षणका लागि टेकु नै पठाइने गरिएको छ । सचिव घिमीरेका अनुसार मेसिन फिर्ता गरेर अर्को ल्याउने प्रक्रिया थालिएको छ ।
पिसिआर मेसीनमा आशंका उत्पन्न भएसंगै अहिले सम्म परिक्षण गरिएका ९९ जना संक्रमित थिए वा थिएनन् भन्ने प्रश्न खडा भएको छ ।
स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं वा धरान पठाउन समस्या हुने भएपछि प्रदेश सरकारले आफैं अर्को मेसिन किन्न लागेको प्रदेश सरकारका उच्च अधिकारीले बताएकाछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : २५ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल