१ असार २०८३, सोमबार | June 15, 2026

पटक पटक गलत रिपोर्ट निस्केपछि पिसिआर परिक्षण नै बन्द



जनकपुर, १६ बैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा स्वाव परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको ब्यक्तिको स्वाव पटक पटक केन्द्रिय ल्याबमा परिक्षण गर्दा संक्रमण भएको रिपोर्ट आएपछि प्रदेश नम्बर २ को राजधानी जनकपुर प्रादेशिक अस्पतालको ल्याब अनिश्चितकालका लागि बन्द गरिएको छ । जनकपुर प्रादेशीक अस्पतालको पिसिआर ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका सर्लाहीका १४ बर्षिय किशोरको घर फर्केको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्टे पोजेटिभ आए पछि जनकपुरमा जडान गरिएको ल्याबमाथि नै शंका गरिएको थियो । सोहि ल्याबमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका रौतहटका दुई जनाको दुई पुरुषको पनि त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड–१९ को संक्रमण पुष्टि भए पछि जनकपुरको ल्याब बन्द गरिएको हो । उनीहरु सबै १४ दिन क्वारेन्टाइनमा बसेर परिक्षण पश्चात घर गएका थिए ।
जनकपुरमा चैत २१ देखि पिसिआर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण शुरु भएको थियो । अहिलेसम्म १०२ वटा स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक स्वास्थ्य निर्देशनालय, जनकपुरले जनाएको छ ।
प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले तत्कालका लागि परीक्षण स्थगन गरिएको बताउनुभयो ।
ल्याब बन्द भए पश्चात संकलन गरिएका थ्रोट स्वाबको नमुनाहरु परीक्षणका लागि टेकु नै पठाइने गरिएको छ । सचिव घिमीरेका अनुसार मेसिन फिर्ता गरेर अर्को ल्याउने प्रक्रिया थालिएको छ ।
पिसिआर मेसीनमा आशंका उत्पन्न भएसंगै अहिले सम्म परिक्षण गरिएका ९९ जना संक्रमित थिए वा थिएनन् भन्ने प्रश्न खडा भएको छ ।
स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं वा धरान पठाउन समस्या हुने भएपछि प्रदेश सरकारले आफैं अर्को मेसिन किन्न लागेको प्रदेश सरकारका उच्च अधिकारीले बताएकाछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : २५ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

गर्मीबढेसँगै सर्पदंशका बिरामी बढे

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा

राष्ट्रियसभा : चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव

काठमाडौं । राष्ट्रियसभामा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ