६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

वामदेवलाई प्रधानमन्त्री ! व्यङ्ग कि वास्तविकता ?



नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव गर्दा वामदेव दङ्ग परेको कुरा यतिबेला सामाजिक सञ्जाल र मिडियाहरुमा भाईरल बनेको छ । अर्का अध्यक्ष प्रचण्डले बोलिरहँदा बिचैमा रोकेर प्रधानमन्त्रीले वामदेवलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेको बिषय सार्वजानिक भएको छ । मिडियामा ठ्याक्कै आफैले सुने जस्तै वा रेकर्ड गरेजस्तै भाषामा समाचार सार्वजानिक भएपछि बैठकको गोपनीयतामाथि नै आशंका गर्ने प्रशस्त स्थान देखिएको छ ।

जसरी देखे जस्तै गरी वा सुने जस्तै गरी मिडियामा नेताहरुले बोलेका वाक्यहरु आएका छन् । त्यसका लागि कुनै नेताको गोजीमा मिडियाको रेकर्डर हालेर पठाएपछि मात्र सम्भव हुने देखिन्छ । कसले के वाक्य बोले, बोल्दा बोल्दै कसले खण्डन गरे, बिचैमा रोकेर कसले के भने ? बैठकका सबै नालिबेली बैठक सकिएको २ घण्टा नवित्दै सार्वजानिक भएको छ । ४ घण्टा चलेको बैठकमा शब्द, शब्द र वाक्य, वाक्य याद गरेर मिडियालाई बताउन सक्ने खुबि भएको सचिवालय सदस्य कोहि होला जस्तो देखिँदैन । तर बैठक भित्रका सबै कुरा जस्ताको तस्तै हो झैं गरी बजारमा आएको छ ।

‘अहिले म राजीनामा दिन्नँ । कोरोनाको समय छ । सकिएपछि बरु बामदेवजीलाई कतैबाट चुनाव गराउँला र प्रधानमन्त्री बनाउँला । त्यतिभए उहाँको पनि इच्छा पूरा हुन्छ । माधवजीले पनि धेरै रहर गर्नुभा’छ उहाँलाई तेस्रो अध्यक्ष बनाउन पनि म नै पहल गर्छु, बन्नुपनि हुन्छ ।’

यी वाक्यहरु प्रधानमन्त्री ओलीले बैठकमा भनेकोे भनेर जसरी सार्वजानिक भएको छ । त्यसगरी एकछिन सार्वजानिक भएको वाक्य मै जाने हो भने प्रधानमन्त्री ओलीले प्रकट गरेका वाक्यमा उनले कहिं कतै इमान्दार प्रतिबद्धता ब्यक्त गरेको बुझ्न सकिँदैन । बरु उनको बोलीमा ब्यङ्गले भरिएको सजिलै बुझ्न सकिन्छ । उनले वामदेवले प्रधानमन्त्री पदका लागि देखाएको लालच र माधव नेपालले अध्यक्ष बन्न देखाएको रहरलाई स्पष्ट व्यङ्ग गरेकाछन् । कम्युनिष्ट आन्दोलनमा दशकौं बिताउंदै फुट र जुटका आफै कारक बनिसकेका वामदेवले ओलीको ब्यङ्ग नबुझेरै दङ्ग परे भन्ने खबर सजिलै विश्वास गर्न सकिँदैन ।

मुलुक यतिबेला कोरोना भाइरसका विरुद्ध जुधिरहेको छ । लकडाउनको ४० दिन पुग्न लाग्दा संक्रमितहरुको संख्या थपिँदै पनि गएको छ । सरकारको लकडाउनकै बीच चोरीछिपी भारतबाट नेपाल छिर्ने काम रोकिएको छैन भने नेपालकै एउटा जिल्लाबाट अर्को जिल्ला वा पालिकाहरुमा हजारौंको संख्यमा आवतजावत चलेको छ । यस्तै नेपाल भित्रिएका र नयाँ प्रवेश गरेका नागरिकहरुलाई राज्यले स्वास्थ्य परीक्षणको प्रबन्ध त गर्न सकेको छैन नै ९० प्रतिशत बढी नागरिक क्वारेन्टाइनमा समेत बसेका छैनन् । सरकारमा बसेका नेताहरु कुर्सी जोगाउने खेलमा सहभागी भईरहँदा लकडाउन दिन प्रतिदिन फितलो बन्दै गएको छ भने परीक्षणको गति पनि कछुवा गतिमा मात्र चल्न सकेको छ ।

मुलुकले ब्यहोरी रहेको यस्तो बिषम अवस्थामा अर्का अध्यक्ष प्रचण्डसँगै पुर्व प्रधानमन्त्री द्वय झलनाथ खनाल र माधव नेपालले बैठकमा प्रधानमन्त्रीले अबिलम्ब राजिनामा मागेको कुरा सत्य हो भनेर कसरी भन्न सकिन्छ र ?

हो, पार्टीले संसदीय व्यवस्था र बहदलीय शासन पद्दतीलाई स्वीकार गरेपछि शासन व्यवस्थामा दलको सर्वोच्चता कायम हुनैपर्दछ । नागरिकले व्यक्तिलाई होईन दललाई विश्वास गरेका हुन् । दलले अगाडि सारेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्न प्रधानमन्त्री पदमा दलले संसदीय दलको नेता छानेर केपी ओलीलाई सरकार संचालन गर्न पठाएको हो । जुन दलले पठाएर प्रधानमन्त्री बने त्यहि दलको सांगठानिक संरचनालाई अवमुल्यन गरिएको विषय पार्टीका कमिटीहरुमा समीक्षा हुन सक्छन् । पार्टी कमिटीमा सरकारको समीक्षा र आलोचना हुन सक्छ । कमि कमजोरीलाई दलले समीक्षा गरेर सरकारमा गएका दलका सदस्य वा नेतालाई पार्टीले आत्माआलोचना गराउन सक्छ । तर एउटा जीवन्त पार्टीमा विधि र प्रक्रियामा भएका ब्यवस्थाको प्रयोग नगरि नेताहरुले सिधै राजीनामा मागे होलान् भन्ने खबर बिश्वास गर्न सकिने खबर होईन ।

खबरमा गृहमन्त्रीले प्रतिबाद गरेको, महासचिव विष्णु पौडेल र रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको कुरामा हँ मा हँ मिलाएको । हाउभाउ, भावभङ्गी सहित मिडियामा आएको छ, लाग्छ ती समाचार लेख्ने मिडियाहरुको एउटा क्यामेरा बैठकस्थलमा राखिएको थियो र क्यामेरामा कैद गरिएको दृष्य हेर्दै पत्रकारले समाचार बनाएकाहुन् । समाचारको प्रकृतिले त्यस्तै बताईरहेको छ ।

मुलुक संकटमा परेका बेला दलहरुको फुटको घाउमा नुनचुक होईन मल्हमको जरुरत पर्दछ । मुलुकमा अस्थिरता हुँदा त्यसको नकारात्मक भोगाई मिडिया हाउस र सञ्चारकर्मीले पनि भोग्नु पर्दछ । तर उच्च स्रोत, विश्वस्त स्रोत, नेकपा स्रोत, सचिवालय स्रोत भन्दै मिडियाका पानामा आएका कुराले पार्टीलाई जुटाउनमा भन्दा फुटाउनमा नै उद्दत भएको देखिन्छ । सामान्तकै टाउको काटेर संगठित भएका भुतपुर्व माले/एमाले र हजारौंको बलिवेदी चढाएर लौह माओवादी अनु्शासनमा बसेर आएका भनिएका पुर्व माओवादीको वर्चश्व रहेको नेकपाको सुचना कसरी यति छिटो सडकमा आउँछ ? हिजोका दिनमा वर्ग, समाज, दल र राजनीतिका पनापाना विश्लेषण गर्न सक्ने नेता ज्युहरु लोकतन्त्रको अभ्यासमा प्रस्ताव र व्यङ्ग पनि छुट्याउन नसक्ने भएकाहुन् ? नागरिक अन्यौलमा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ११ : ४३ बजे

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, जडानमा खटिने जनशक्तिलाई सम्मान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र

दशैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

बागलुङ । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको

धनराज पूर्वपत्नी ज्योति गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

संयुक्त राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना