४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

अपडेट : धरौटीमा रिहा भएलगत्तै व्यवसायी अग्रवाल पुन: पक्राउ



काठमाडौ । थर्मल गन कालोबजारीले आरोपमा पक्राउ परेका शुलभ अग्रवाल धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् ।

उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अुनसन्धान गर्ने भएपछि प्रहरीले फेरि पक्राउ गरेको हो ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई पुन महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले अग्रवालमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउको आदेश दिएकाले पुनः पक्राउ गरिएको बताउनुभयो ।

विभागले अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने अनुसन्धान सुरु गर्ने बताइएको छ । चैत २५ गते अग्रवाललाई नक्सालबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

उनले ५ हजार पर्ने थर्मल गनलाई १५ हजारमा बेचेको पाइएको थियो । अग्रवालसँग प्रहरी आफैँ ग्राहक बनेर थर्मल गन किन्नका लागि गएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ४ : ५२ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म