२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले बहुवर्षिय योजना अन्तर्गत सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक संरचना निर्माणमा प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालको स्थलगत अनुगमनमा पुगेका मन्त्री खत्रीले अस्पतालबाट माग भईआएमा आवश्यकता अनुसार बहुवर्षिय योजना अन्तर्गत भौतिक संरचना निर्माणमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अस्पताल आफ्नै निर्वाचन क्षेत्रमा पर्ने भएको र बाँकेमा प्रदेश सरकार अन्तर्गत कुनै स्वास्थ्य संस्था नभएको उल्लेख गर्दै अस्पताल प्रशासनलाई प्रस्तावना लिएर प्रदेश राजधानी आउन आग्रह गरे । यसअघिका अस्पतालका अधिकारीहरुले प्रदेश सरकारबाट कुनै पहलकदमी नगरेका कारण खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको उपस्थिती नदेखिएको उनको भनाई थियो । मन्त्री खत्रीले क्यान्सर अस्पताल संघीय सरकार अन्तर्गत भएपनि अस्पतालले सबैभन्दा बढी लुम्बिनी प्रदेश कै नागरिकलाई सेवा दिइरहेको बताउँदै प्रदेश सरकार अस्पतालमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

अस्पताल परिषरमा स्वागत गर्दै खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले निकै थोरै जनशक्तिबाट अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको अवगत गराए । उनले संघीय सरकारको पूर्ण स्वामित्वको अस्पताल भएपनि अस्पतालले स्वीकृत दरबन्दी पाउन नसकेको उल्लेख गर्दै सिमित श्रोत साधनबाट अधिक कार्यसम्पादन हुँदै आएको जानकारी दिए । उनले ४ हजार ६ सय बिरामीलाई सेवा दिएर सुरु भएको अस्पतालले हाल ४० हजार बढी क्यान्सरका बिरामीलाई सेवा दिइरहेको जनाए । थप जनशक्ति र उपकरणहरु प्राप्त हुने क्रममा रहेको जनाउँदै अस्पताललाई पूर्ण सेवा दिन भौतिक संरचनाको कमी रहेको उल्लेख गरे ।

कार्यकारी निर्देशक डा. भट्टराईले लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरुको प्रमुख उपचार स्थल बनेको अस्पतालमा प्रदेश सरकारको उपस्थिती आवश्यक रहेको औंल्याए । देशैभरमा लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई सबैभन्दा बढी उपचार खर्च उपलब्ध गराएकोमा आभार प्रकट गर्दै उनले अस्पतालमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकारको सहयोगको अपेक्षा गरे ।

मन्त्री खत्रीले अस्पतालको बिभिन्न कक्षहरुको स्थलगत अनुगमन गर्दै नागरिकलाई गुनासो रहित सेवा प्रदान गर्न अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई आग्रह गरे । अनुगमनका क्रममा अस्पताल पुगेका मन्त्री खत्रीलाई अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराई, बाल क्यान्सर विशेषज्ञ डा. सुवास मेहता लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : २४ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु