२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित २ जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट नक्कली नोट सहित २ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षिय अभिषेक कसौधन र भारत महाराष्ट्र बस्ने २४ वर्षिय यश बाउसाहेब ब्राम्हण रहेका छन् । उनीहरुबाट भारतिय नक्कली नोट ५०० दरको १४० थान, विभिन्न कम्पनीका मोबाईल २ थान र भारतीय आधार कार्ड २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

भारतीय नक्कली नोटको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई अदालतबाटदिन ५ म्याद थप अनुसन्धान कार्य जारी रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कुष्ण कुमार चन्दले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : २२ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु