१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बौद्धजयन्ती तथा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन स्थगित



रुपन्देही । बौद्ध जयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन स्थगन गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण यही वैशाख २५ गते बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइने बुद्ध जयन्ती र तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनका सबै कार्यक्रम स्थगन गरिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै कार्यक्रम स्थगन गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । “विश्वमा नै कोरोना भाइरसको त्रास छ । यस अवस्थामा कार्यक्रम गर्न सम्भव नहुने भएपछि मन्त्रालयको सचिवालयले सर्कुलर गरेका कारण हाललाई सबै कार्यक्रम स्थगन गरिएको छ ।”

कार्यक्रम स्थगित भए पनि वैशाख २४, २५ र २६ गते लुम्बिनीमा सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरिने प्रमुख भट्टराईले बताउनुभयो । यस वर्ष २५६४ औँ बुद्ध जयन्तीका अवसरमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिर शान्तिको कामना तथा विश्व शान्तिको कामना गर्दै दीप बाल्ने कार्यक्रम छ ।

“कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड गरिने छैन, विहारका भिक्षुभिक्षुणी र केही स्थानीयवासीले बिश्व शान्तिको कामना गर्दै पूजा पाठ गर्नुहुने छ ,” उहाँले भन्नुभयो ।

संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्म, जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।

रुपन्देहीको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाका दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिनुभएका सिद्धार्थ २९ वर्षका उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

छ वर्षको ध्यानपछि ३५ वर्षका उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । बुद्धले आर्य अष्टाङ्गिक मार्ग, प्रतित्यसमुत्पाद र पञ्चशीलको उपदेश पनि दिनुभएको छ ।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ७ : ५३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम