१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रोल्पामा बम पड्कंदा ४ बालबालिकाको मृत्यु 



बुटवल । रोल्पामा बम विष्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले पुष्टी गरेको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक[DIG] रबिन्द्र सिंह धानुकले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको भएपनि बिस्तृत जानकारी नआईसकेको बताए।

बेबारिसे बम बिष्फोट भएर बालबालिकाको मृत्यु भएको सूचना आए लगत्तै प्रहरी पठाईएको डिआईजी धानुकले बताए । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् ।

त्रिबेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ८ : ४७ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क