११ चैत्र २०७९, शनिबार | March 25, 2023

रोल्पामा बम पड्कंदा ४ बालबालिकाको मृत्यु 



बुटवल । रोल्पामा बम विष्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले पुष्टी गरेको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक[DIG] रबिन्द्र सिंह धानुकले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको भएपनि बिस्तृत जानकारी नआईसकेको बताए।

बेबारिसे बम बिष्फोट भएर बालबालिकाको मृत्यु भएको सूचना आए लगत्तै प्रहरी पठाईएको डिआईजी धानुकले बताए । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् ।

त्रिबेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ८ : ४७ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा