११ चैत्र २०७९, शनिबार | March 25, 2023

अभिभावकको स्वस्थ्य जाच र मास्क वितरण



बुटवल । कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई पुस्तक वितरण शुरु भएको छ ।

कोरोना संक्रमणको समयमा घरमै अध्ययन ब्यवस्थासहित मंगलबारदेखि पाठ्यसामग्री वितरण शुरु भएको हो । विद्यालयमा पुस्तक सामग्री लिन आउने अभिभावकलाई कोरोना संक्रमण रोक्न स्थानिय शिव टोल विकास संस्थाको अगुवाईमा विशेष स्वस्थ्य जाच (ज्वरो नाप्ने काम) र मास्क वितरण गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा टोलका सल्लाहकार नित्यानन्द ज्ञवालीले सौजन्यमा स्वस्थ्य जाच र मास्क वितरण गरिएको हो ।

टोलका सल्लाहकार चन्द्र प्रकाश पौडेलले कोरोनाबाट सचेत हुदै सुरक्षित तरिकाले दैनिकी अघि बढाउनेतर्फ सबै लाग्नुपर्ने बताए ।

मंगलबार कक्षा २ र ३ विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताए ।

शिव टोल संस्थाका संयोजक रबिलाल सुवेदी, कालिकानगर वडा नं ११ अन्तरगत ९ वटा टोल समन्वय संस्था तथा शिव टोल संस्थाका अध्यक्ष शालिकराम पौडेल, शिव टोलका राजु तिवारी, शोभाखर भण्डारी, शिवशंकर पथका अध्यक्ष मोतिलाल पौडेललेले समाज परिवर्तन गर्न टोल संस्थाहरुको अगुवाईमा गरिने काम प्रभावकारी हुने दाबी गरे ।

यसअघि टोलले अनावश्यक हिडडुल रोक्न र सरसफाईप्रति सचेतना जगाउन भन्दै मास्क र साबुन समेत वितरण गरेको थियो । टोलमा करीब १ सय ७० घरधुरी रहेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ८ : ०१ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा