२० श्रावण २०८३, बुधबार | August 6, 2026

अभिभावकको स्वस्थ्य जाच र मास्क वितरण



बुटवल । कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई पुस्तक वितरण शुरु भएको छ ।

कोरोना संक्रमणको समयमा घरमै अध्ययन ब्यवस्थासहित मंगलबारदेखि पाठ्यसामग्री वितरण शुरु भएको हो । विद्यालयमा पुस्तक सामग्री लिन आउने अभिभावकलाई कोरोना संक्रमण रोक्न स्थानिय शिव टोल विकास संस्थाको अगुवाईमा विशेष स्वस्थ्य जाच (ज्वरो नाप्ने काम) र मास्क वितरण गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा टोलका सल्लाहकार नित्यानन्द ज्ञवालीले सौजन्यमा स्वस्थ्य जाच र मास्क वितरण गरिएको हो ।

टोलका सल्लाहकार चन्द्र प्रकाश पौडेलले कोरोनाबाट सचेत हुदै सुरक्षित तरिकाले दैनिकी अघि बढाउनेतर्फ सबै लाग्नुपर्ने बताए ।

मंगलबार कक्षा २ र ३ विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताए ।

शिव टोल संस्थाका संयोजक रबिलाल सुवेदी, कालिकानगर वडा नं ११ अन्तरगत ९ वटा टोल समन्वय संस्था तथा शिव टोल संस्थाका अध्यक्ष शालिकराम पौडेल, शिव टोलका राजु तिवारी, शोभाखर भण्डारी, शिवशंकर पथका अध्यक्ष मोतिलाल पौडेललेले समाज परिवर्तन गर्न टोल संस्थाहरुको अगुवाईमा गरिने काम प्रभावकारी हुने दाबी गरे ।

यसअघि टोलले अनावश्यक हिडडुल रोक्न र सरसफाईप्रति सचेतना जगाउन भन्दै मास्क र साबुन समेत वितरण गरेको थियो । टोलमा करीब १ सय ७० घरधुरी रहेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ८ : ०१ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको