२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

नयां सिडीओ पुगेकै दिन बांके जिल्लामा निषेधाज्ञा, आदेश उल्लंघन गर्नेलाई नछाड्ने प्रशासनको चेतावनी



नेपालगन्ज । बाँकेमा नयां प्रमुख जिल्ला अधिकारी सुरुवा भएर पुगेसंगै सिङे जिल्लामा लागु हुने गरि निषेधआज्ञा जारी गरेकाछन् । स्याङ्जाबाट सुरुवा भएर आज मात्र बांके पुगेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरम्वाङले आफ्नो पहिलो निर्णय नै जिल्लालाई निषेधआज्ञा जारी गरेर कामकाज सुरु गरेकाछन् ।

स्थानीय प्रशासन फितलो भएका कारण बांकेमा लकडाउन कार्यान्वयन हुन नसकेको र कोरोनाको महामारी पनि समुदाय स्तरमा पुगेको गुनासो आईरहेका बेला जिल्ला प्रशासन कार्यालयले आज राति १० बजेदेखि लागुहुने गरि निषेधाज्ञा जारी गरेको हो । अर्को आदेश नहुँदासम्म जिल्लाभर निषेधाज्ञा जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।

बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको र १ जना संक्रमितको मृत्यु समेत भइसकेको छ । सजकता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्य गर्न निषेधाज्ञा जारी गरिएको प्रजिअ कुरुम्बाङले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आज प्रकाशित सुचनामा नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु जस्तै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धि सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ । सुचनामा स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनका आधारमा निषेधाज्ञा जारी गरिएको उल्लेख गर्दै आदेश उल्लंघन गर्नेलाई कानुनी कारवाही गरिने लेखिएको छ ।

प्रशासनले यस अघि बांकेको नरैनापुरमा निषेधाज्ञा जारी गर्दै सेना परिचालन गरिसकेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ८ : ५५ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको