४ श्रावण २०८२, आइतबार | July 20, 2025

आज आर्थिक वर्ष २०७७/०७८ को बजेट आउँदै



काठमाडौं । सरकारले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अपरान्ह ४ बजे बस्ने संसद बैठकमा संसदबाट पारित सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा बजेट पेश गर्नुहुनेछ ।

कोरोना महामारीबाट नराम्रोसँग प्रभावित भएको अर्थतन्त्रलाई थेग्नेगरी अर्थमन्त्री डा. अतिवडाले बजेट पेश गर्नुहुने अनुमान गरिएको छ । बजेटमा सरकारले खर्च कटौतीका केही प्रस्ताव समेत गर्नेछ । तर, सबैभन्दा आलोचित बनेको सांसद विकास कोषले भने निरन्तरता पाउने भएको छ । विज्ञहरुले विवादित कार्यक्रम खारेज गर्न र पुराना कार्यक्रमलाई समेत कोरोना प्रभावितका लागि प्याकेजमा समेट्न विज्ञहरुले दिएका थिए ।

यसपटक बजेटले खस्किँदो अर्थतन्त्रलाई जोगाउँदै स्वास्थ्य संकट र बढ्न सक्ने गरिबीलाई पनि बजेटबाट विशेष सम्बोधन गर्ने बताइएको छ ।

राष्ट्रिय गौरबका तामाकोशी, मेलम्चीलगायतकाआयोजना एक आर्थिक वर्षभित्र सक्ने घोषणा गर्ने तयारी पनि बजेटले गरेको । पुराना आयोजनाहरूलाई पुनः प्राथमिकीकरण गरेर काम गर्न सक्ने क्षमताका आधारमा मात्र आयोजनाले बजेट पाउने अर्थमन्त्रालय स्रोतले दाबी गरेको छ ।

बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । अर्थमन्त्री डा. खतिवडाले बजेटको प्राथामिकता तथा सिद्धान्तमै कृषि क्रान्तिको सुरुवात गर्ने बताउनुभएको थियो ।

यस्तै, कोरोनाका कारण देशभित्र र बाहिर रोजगारी गुमाएका युवाका लागि पूर्वाधार र कृषिमा रोजगारी सिर्जनाको कार्यक्रम घोषणा हुनेछ। यसका लागि ‘रोजगार बैङ्क’ घोषणा हुनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १० : ०४ बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम