७ आश्विन २०८३, बुधबार | September 23, 2026

आज आर्थिक वर्ष २०७७/०७८ को बजेट आउँदै



काठमाडौं । सरकारले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अपरान्ह ४ बजे बस्ने संसद बैठकमा संसदबाट पारित सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा बजेट पेश गर्नुहुनेछ ।

कोरोना महामारीबाट नराम्रोसँग प्रभावित भएको अर्थतन्त्रलाई थेग्नेगरी अर्थमन्त्री डा. अतिवडाले बजेट पेश गर्नुहुने अनुमान गरिएको छ । बजेटमा सरकारले खर्च कटौतीका केही प्रस्ताव समेत गर्नेछ । तर, सबैभन्दा आलोचित बनेको सांसद विकास कोषले भने निरन्तरता पाउने भएको छ । विज्ञहरुले विवादित कार्यक्रम खारेज गर्न र पुराना कार्यक्रमलाई समेत कोरोना प्रभावितका लागि प्याकेजमा समेट्न विज्ञहरुले दिएका थिए ।

यसपटक बजेटले खस्किँदो अर्थतन्त्रलाई जोगाउँदै स्वास्थ्य संकट र बढ्न सक्ने गरिबीलाई पनि बजेटबाट विशेष सम्बोधन गर्ने बताइएको छ ।

राष्ट्रिय गौरबका तामाकोशी, मेलम्चीलगायतकाआयोजना एक आर्थिक वर्षभित्र सक्ने घोषणा गर्ने तयारी पनि बजेटले गरेको । पुराना आयोजनाहरूलाई पुनः प्राथमिकीकरण गरेर काम गर्न सक्ने क्षमताका आधारमा मात्र आयोजनाले बजेट पाउने अर्थमन्त्रालय स्रोतले दाबी गरेको छ ।

बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । अर्थमन्त्री डा. खतिवडाले बजेटको प्राथामिकता तथा सिद्धान्तमै कृषि क्रान्तिको सुरुवात गर्ने बताउनुभएको थियो ।

यस्तै, कोरोनाका कारण देशभित्र र बाहिर रोजगारी गुमाएका युवाका लागि पूर्वाधार र कृषिमा रोजगारी सिर्जनाको कार्यक्रम घोषणा हुनेछ। यसका लागि ‘रोजगार बैङ्क’ घोषणा हुनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १० : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई