४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल उपमहानगरप्रमुखको विश्वास, ‘महामारी विरुद्ध छिट्टै विजयी बन्नेछौं’



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड—१९ को महामारी विरुद्ध विजयी बन्न सक्नेमा ढुक्क भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै नगरप्रमुख सुवेदीले नागरिकको दैनिक जीवन असहज बनाएको महामारीविरुद्ध तीनै तहका सरकार केन्द्रित रहेको अवस्थामा नागरिकको चासो र सजगताबाट जित्न त्यसलाई सकिन्छ भन्नेमा ढुक्क भएको बताउनुभएको हो ।
सुवेदीले महामारी विरुद्धको संघर्षलाई प्रभावकारी र सफल बनाउन सकियोस् र जनजीवन सामान्य बनाउन सकियोस् भन्ने कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा सुवेदीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता, सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको संकल्प साकार पार्न सकियोस् भन्नेसमेत कामना गर्नुभएको छ ।

‘गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’

नगरप्रमुख सुवेदीले कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान समेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको