२१ बैशाख २०८३, सोमबार | May 4, 2026

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने



काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानमाथि दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ ।

सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो सम्बन्धमा आगामी चैत १ गते पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

आदेशमा भनिएको छ, “यसमा विपक्षीहरुको लिखित जवाफसमेत परिसकेको वा लिखित जवाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिँदा हेर्न नहुनेबाहेक गरी पेसी स्थगित नहुने गरी प्रस्तुत मुद्दामा मिति २०८२÷१२÷१ गते नै पूर्ण सुनुवाइका लागि पेसी तोकी नियमानुसार पेस गर्नु ।”

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते सभापति लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको सन्दर्भमा सो आदेश आएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : २२ बजे

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो