१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अर्थतन्त्र गम्भीर संकटमा : अर्थमन्त्री खतिवडा



काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीले देशको अर्थतन्त्र लगायत प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पार्न थालेको बताएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र समस्यामा पर्न थालेको स्वीकार गर्नुभएको हो ।

विश्वकै अर्थतन्त्रमा परेको नकारात्मक असर नेपालमा परेको खतिवडाले बताउनुभयो ।

खतिवडाले भन्नुभयो, ‘विश्वव्यापी महामारी कोरोनाका कारण विश्वले मानवीय र आर्थिक संकट सामना गरिरहेको छ । विश्वको अर्थतन्त्रमा संकुचन आइरहेको छ । उत्पादन, व्यापार र लगानी सम्मका श्रृंखला संकुचित भइरहेका छन् । नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा गम्भीर प्रभाव पर्न लागेको छ ।’

कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव रोक्न स्वास्थ्य बजेटमा भने ९० अर्ब रकम विनियोजन गरेको छ । यो अहिलेसम्मको सबैधन्दा धेरै रकम हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ४ : ५१ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो