२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन



बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री र समाजका अध्यक्ष शालिकराम पाण्डेले संयुक्त रूपमा ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष इन्द्र पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदानजस्तो मानवीय कार्यमार्फत मनाउन पाएकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरू, रक्तदाता तथा सहयोगी संस्थाप्रति स्वागत तथा आभार व्यक्त गर्दै समाजले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान जीवनदान भएकाले प्रत्येक स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए । उनले समाजले स्थापना दिवसका अवसरमा लगातार चौथोपटक रक्तदान कार्यक्रम आयोजना गरेर मानवीय सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे भने रक्तदाताहरूको प्रशंसा गरे ।

रक्तदानअघि स्वास्थ्य परीक्षण गरिने तथा रक्तदानपछि रगतबाट सर्ने विभिन्न रोगहरूको परीक्षणसमेत हुने भएकाले रक्तदाताले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउने र निरोगिताको प्रमाणसमेत प्राप्त हुने उनले बताए । विज्ञानले नियमित रक्तदान स्वास्थ्यका लागि लाभदायी हुने तथ्य पुष्टि गरिसकेको उल्लेख गर्दै उनले रक्तदानको महत्वबारे समाजमा अझ व्यापक जनचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

समाजका अध्यक्ष शालिकराम पाण्डेले स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समाजले निरन्तर रक्तदान अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा समाजका सदस्यहरूलाई उनले धन्यवाद ज्ञापन गरे ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष केशवराज कोइरालाले जानकारी दिए ।

कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव पिताम्बर शर्माले गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ३ : २१ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु