११ चैत्र २०७९, शनिबार | March 25, 2023

गणतन्त्रको संस्थागत विकास गर्न अनलाइन मिडिया विश्वसनीय बन्न आवश्यक : महासचिव पौडेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का महासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले गणतन्त्र दिवसलाई आफ्नो स्थापना दिवस बनाएको खबरकुरा अलनाइनले गणतन्त्रलाई संस्थागत विकास गर्दै अनलाइन मिडियाको विश्वसनीयता र गुणस्तरको विकासमा नेतृत्वदायी भूमिकाका लागि शुभकामना ब्यक्त गर्नुभएको छ ।

खबरकुरा डकटकमको औपचारीक शुभारम्भको अवसरमा शुभकामना सन्देश पठाउंदै महासचिव पौडेलले छिटो र छरितो सूचना प्रदान गरेर अनलाइन मिडियाहरुले निकै महत्वपूर्ण योगदान पु-याइरहेको बताउनु भएको छ । उहांले प्रतिस्पर्धाको दौडमा कहिले काहीं अनलाईन मिडियाहरु सही सूचना दिनबाट चुकेको भन्दै अनलाइन मिडियाहरुको भिडमा पृथक र खोजमूलक पत्रकारिता गर्ने विश्वसनीय अनलाइनको रुपमा खबरकुरा डट कमले आफुलाई उभ्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।

नेपाली समाजको रुपान्तरण, सुशासन, लोकतन्त्र र समतामुलक राज्य निर्माण गर्न पत्रकारिता क्षेत्रले खेलेको भूमिका पनि निकै महत्वपूर्ण रहेको प्रष्ट पार्दै महासचिव पौडेलले आगामी दिनहरुमा पनि आमसंचार जगतले निष्पक्ष, सत्य, विश्वसनीय, सन्तुुलित, व्यवसायिक तथा जिम्मेवार भई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्न महत्वपूर्ण योगदान गर्ने आशा गर्नुभएको छ । उहांले सन्देशमा भन्नु भएको छ, “अवको यात्रा आर्थिक विकास र सम्मृद्धिको यात्रा हो । यो यात्राका अवसरमा गरिने सही निर्णयहरुले मात्र मुलुकलाई सम्मृद्ध बनाउन सक्छ ।”

“खबरकुरा डट कमले व्यवसायिकता, स्वतन्त्र, निश्पक्ष, सत्य एवं विश्वसनीयता अभिबृद्धि गर्न भुमिका खेल्न सकोस् शुभकाना” महासचिव पौडेलले भन्नु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ५ : ५३ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा