७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाजा बजाएर क्वारेन्टाइनबाट बिदाई गरिएकामा कोरोना संक्रमण पोजेटिभ



बुटवल । कोरोना भाइरसको परिक्षण रिपोर्ट नआउंदै क्वारेन्टाईनबाट बिदा गरिएकाहरुमा पोजेटिभ रिपोर्ट आएपछि प्रहरीलाई उनीहरुको खोजी गर्न भ्याईनभ्याई भएको छ ।

बाँकेको राप्तीसोनारी गाउपालिकाको वडानं ८ को क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणको नतिजा नआउदै घर पठाईएकोमा उनीहरुलाई बिदा गरेलगत्तै केहिको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुलाई स्थानीय गांउपालिकाले भब्य कार्यक्रमको आयोजना गरी घर पठाएको थियो ।

राप्ती सोनारी–८ शिवशक्ति माविको क्वारेन्टाइनमा राखिएको २८ जनाको स्वाब संकलन गरिएकोमा उनीहरुको बिदाई गरिएपछि ५ जनामा संक्रमण रहेको रिपोर्ट आएको छ ।

वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मिको चरम लापरवाहीका कारण कोरोना परिक्षणको रिर्पोट नआउँदै उनीहरुलाई बिदाई गरिएको थियो । नतिजा बाहिर नआउदै फुलमाला लगाएर बाजागाजासहित घर पठाइएको थियो । बिदाई गरेको केही समयपछि आएको नतिजामा ५ जनामा कोरोना पुष्टि भएपछि उनीहरुको खोजतलास गर्न प्रहरी परिचालन गरिएको थियो । उनीहरुलाई घर घरबाट खोजेर आईसोलेशनमा ल्याईएको प्रहरीले जनाएको छ ।

उनीहरु घर पुग्दासम्म सम्पर्कमा आएका ब्यक्तिहरुको पनि स्थानीय तह र प्रहरीले खोजी सुरु गरेको छ ।

पोजिटिभ रिपोर्ट आएलगत्तै संक्रमितहरुलाई गांउकै क्वारेन्टाईनमा निर्माण गरिएको आईशोलेशनमा ल्याईएको छ ।

स्थानीय प्रहरी चौकीका ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक कुमार केसीले नतिजा आएपछि सबैलाई पुनः घरघरबाट खोजेर क्वारेन्टाईनमा राखिएको जानकारी दिनुभयो । उनीहरु सबै भारतबाट आएका हुन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई