४ पुस २०८२, शुक्रबार | December 20, 2025

मेयर घिमिरेको पहलमा तिलोत्तमामा २ जनाको कोरोना परीक्षण : रिर्पोट नेगेटिभ



बुटवल । कोरोनाको आशंकामा होम क्वारेन्टाईनमा रहेका तिलोत्तमा नगरपालिकाका दुई जनाको ¥यापिड डायगनोष्टिक (आरडिटी) परीक्षण गरिएको छ ।

कोराना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीका शिक्षकसंगै क्रिमसन अस्पतालको आईसियु कक्षमा उपचार गरिएकी तिलोत्तमा–१० की एक युवती र तिलोत्तमा–३ की एक महिलाको बिहीबार आरडिटी परीक्षण गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको पहलमा उनीहरुको आरडिटी परीक्षण गरिएको हो । ती दुबै जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको छ ।

सेमरा बजार हेल्थ पोष्टका ईन्चार्ज कमल पाण्डेयको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको आरडिटी परीक्षण गरेको हो । ती युवती र महिलाको घरमै पूगेर आरडिटी परीक्षण गरिएको पाण्डेयले जानकारी दिनुभयो । परीक्षण गरिएका दुबैजनाको रिर्पोट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

शंकै शंकाले मानसिक तनाब भईरहेका बेला परीक्षण हुदाँ निकै खुशी र आनन्द लागेको ती युवतीकी आमाले सन्तोष व्यक्त वर्नुभयो। “यत्रो दिन डर, त्रास र तनाबमा बितेको थियो ।,‘परीक्षण पनि भयो, रिर्पोट पनि नेगेटिभ आयो’– उहाँले खुशी ब्यक्त गर्दै भन्नुभयो, ‘यति भएपछि घरपरिवार पनि ढुक्क भयौं, टोलबासी पनि ढुक्क ।”

कोरनाबाट मृत्यू भएकासंगै क्रिमसन अस्पतालको आईसियु कक्षमा उपचार गरिएकी युवतीको परीक्षणमा बेवास्ता गरिएको भन्दै खबरकुरा डटकम लगायतका सञ्चार माध्यमले केही दिन अघि प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  १० : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको